ताजा खबर

गण्डकी प्रदेशको प्रदेश प्रमुख पौडेलद्धारा पदभार ग्रहण

डि.एन.बी.
पोखरा २२, वैशाख

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छिन् । पोखराको प्रदेश प्रमुखको कार्यालयमा पौडेलले आज (बुधबार) पदभार ग्रहण गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अमिक शेरचनलाई हटायर उनलाई सोमबार प्रदेश प्रमुखमा नियुक्त गरेसंगै उनले सोमबार नै पद तथा गोपनीयताको सपथ लिएकी थिइन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी थिइन् । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई हटायर राष्ट्रपति भण्डारीले पौडेललाई नियुत्ति गरेकी हुन्।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *