ताजा खबर

लायन्स क्लव अफ पोखरा लेकसाईडको अध्यक्षमा अधिकारी

समाचारकक्ष
पोखरा १८, वैशाख

लायन्स क्लव अफ पोखरा लेकसाईडको अध्यक्षमा नवराज अधिकारी चयन भएका छन्। भर्चुअल मिटिङबाट अधिकारीको अध्यक्षतामा हालै नयाँ कार्यसमिति चयन भएको हो ।

लायन्स क्लव अफ पोखरा लेकसाईडको प्रथम उपाध्यक्षमा कृति बल्लभ त्रिपाठी, द्वितीय उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा धर्मराज थापा, सचिवमा ईन्द्रमान चौहान, क्लब प्रशाशकमा भिम प्रसाद आचार्य, कोषाध्यक्षमा प्रेम प्रसाद सुवेदी, सहसचिवमा श्याँम बहादुर थापा, सह—कोषाध्यक्षमा असोक लामा (रूम्वा) चयन भएका छन् । त्यसैगरि मेम्बरसीप चियरपर्सनमा कमल भुजेल, टेल ट्विस्टरमा कमल अधिकारी, ट्यामरमा प्रकाश श्रेष्ठ, सर्भिस चियरपर्सनमा नारायण प्रसाद अधिकारी चयन भएका हुन्।

कोरोनाको दोश्रो लहर पोखरामा पनि बढ्दै गएको र कास्कीमा निषेधाज्ञा जारी भएकोले गर्दा आफुहरुले भर्चुअल मिटिङ मार्फत सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन भएको सह—कोषाध्यक्षमा (रूम्वाले बताए । संस्थाले समसामहिक बिषयमा र सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्ने योजना बनाउने भएको अध्यक्ष अधिकारीले जनाए ।
श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *