ताजा खबर

मुस्ताङमा शव वहान नहुदा शव व्यबस्थापन गर्न कठिनायी, कोरोना शंक्रमणबाट एक महिलाको मृत्यु

डि.एन.बी.
पोखरा १७, वैशाख

हिमालपारीको जिल्ला मुस्ताङमा कोरोना शंक्रमणबाट एक जनाको मृत्यु भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको अस्पतालमा उपचारकै क्रममा कोरोनाबाट बिहीबार राति मृत्यु भएको घरपझोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले बताइन्।

कोरोना शंक्रमित महिला होम आइसुलेसनमा बस्दै आउने क्रममा विहिबार साँझ मुस्ताङ जिल्ला अस्पतालमा उपचार गर्न आएको उनले बताइन् । मुस्ताङमा हाल ६ जना कोरोना शंक्रमितका बिरामीहरु रहेको जस मध्य एक जना अस्पतालमा र ५ जना होम आइसुलेसनमा बसेको उपाध्यक्ष गुरुङले बताइन्।

मुस्ताङ जिल्लामै शव वहान नहुदा हाल कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यबस्थापन गर्न कठिनायी भएको उपाध्यक्ष गुरुङले गुनासो गरिन्। उनले भनिन“ मुस्ताङमा हालसम्म शव वहान एउटा पनि छैन, कोरोनाबाट मृत्यु भएको अस्बस्थामा भने शव वहान तयारी अबस्थामा हुनु पर्ने हो । ”
एक हप्ता देखि कोरोना शंक्रमित भएकी महिला गम्भिर अबस्थामा पुगेको अबस्थामा विहिबार अस्पताल आए पनि उपचारकै क्रममा बेलुका राति ९ः३० बजे उनको मृत्यु भएको जिल्ला अस्पताल मुस्ताङका मेडिकल सुपरिटेन्डेन्ट डा.मनोज घिमिरेले बताए । दम र सुगर रोगबाट समेत ग्रसित भएकी महिलाले एक हप्ता जसो औषधि मगायर घरमै होम आइसुलेसनमा बस्दै आएको उनले जनाए । जिल्ला अस्पतालमा हाल कोरोनाका ५ जनासम्म उपचार गर्ने गरी वेड तयारी अबस्थामा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. घिमिरेले बताए ।

हाल अस्पतालमा एक जना कोरोनाको बिरामीको उपचार भई रहेको छ । अस्पतालमा हालसम्म पनि भेन्टिलेडर जडान भएको छैन भने गम्भिर प्रकारका बिरामी आएमा हेलिकोप्टर वा सडक मार्ग हुदै अन्य जिल्लामा उपचार गर्न लेजानु पर्ने बाध्यता रहेको उनले गुनासो गरे । भेन्टिलेटरका सामान भित्रिए पनि त्यसलाई राख्ने भवन र संचालन गर्ने दक्ष कर्मचारी नभएको हुदा संचालन गर्न नसक्ने अबस्था रहेको डा. घिमिरेको भनाई छ । मुस्ताङमा कारोनाबाट मृत्यु भएको यो पहिलो घटना भएको उपाध्यक्ष गुरुङको दाबी छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *