ताजा खबर

दीपक मनाङे युवा तथा खेलकुद मन्त्री, १०÷१२ दिनको लागि मात्र पनि मन्त्री हुन सक्छु

डि.एन.बी.
पोखरा १६, वैशाख

गण्डकी प्रदेशमा मन्त्रीमण्डल विस्तार गरिएको छ । यस अघि ७ मन्त्रालय रहेकोमा विहिबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटायर युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने गरी स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुत्ति गरिएको प्रदेश सचिवालयले जनाएको छ ।

विहिबार गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उनलाई सपथ ग्रहण समेत गराएका छन्। विहिबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्री नरदेवी पुनले सम्हालेको मन्त्रालय फुटाउने निर्णय अनुसार गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी प्रदेश सरकारले जिम्मा दिएको हो । मनाङबाट नेकपा एमालेको समर्थनमा चुनाव जितेका मनाङले मंगलबारको प्रदेशसभा बैठकमा स्वतन्त्र सांसदको सिट माग गरेका थिए । बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची भए पनि उनी बैठकमा अनुपस्थित भएका थिए ।

कोरोनाको जोखिम बढेका बेला आवश्यक स्वास्थ्य मापदण्ड पालना नगराई २५ जना भन्दा धेरै मानिसहरुको सहभागितामा सानो कोठामा भिडभाड हुने गरी सपथ गराइएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको समेत सहभागिता रहेको थियो ।

मुख्यमन्त्री गुरुङले आफूविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेश भएको अबस्थामै मन्त्रिमण्डल विस्तार गरेका हुन्। ६० सांसद रहेको प्रदेशसभामा एमालेका २७ जना सांसद छन् । उनलाई सरकार बचाउन तीन जना सांसदको आवश्यकता पर्नेछ । अन्य दलहरुलाई भने अविश्वासको प्रस्ताव पारित गर्न ३१ मतको आवश्यक पर्छ । कागेंसका १५, माओबादी केन्द्रका १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेका छन्।

माओबादी केन्द्रका दुई मन्त्रीले राजिनामा दिएसंगै हाल भूमि वयबस्था तथा कृषि सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुत्ति भएको छैन्। खेलकुद र खेलाडीको विकासको लागि खेलकुद वोर्ड गठन गर्ने मन्त्री गुरुङले बताए । मन्त्री पदमा नियुत्ति भएसंगै उनले पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै प्रदेशको खेलकुद र खेलाडीहरुको हकहितको लागि आफुले सरोकारपक्षसंग छलफल गरी कार्ययोजना बनायर अघि बढ्ने बताए ।

उनले भने “ म मन्त्री पदमा १०÷१२ दिनको लागि मात्र पनि हुन सक्छु तर केही दिनमै देखिने गरी केही योजना ल्याउने छु । ” आफु निर्वार्चित हुदा एमालेले सहयोग गरेकोले एमालेलाई आफुले गुन तिर्नुपर्ने बताएका मन्त्री गुरुङले आफु अझै कुनै पार्टीमा नलागी स्वतन्त्र सांसद नै भएको दाबी गरे । सदनमा मुखयमन्त्री पृथ्बी सुब्बा गुरुङ बिरुद्ध अविश्वासको प्रस्ताप पेश भएको अबस्थामा के तपाईले पक्ष वा विपक्षमा मत हाल्नु हुन्छ भनेर पत्रकारले सोधेकोे प्रश्नमा राजनीतिमा केही भन्न नसकिने मन्त्री गुरुङेले प्रतिकृया दिए ।

Related posts