ताजा खबर

प्रदेशको खेलकुद पूर्वाधारको व्यबस्थापन र संरक्षणको जिम्मा राखेप सदस्य गुरुङलाई

डि.एन.बी.
पोखरा १६, वैशाख

राष्ट्रिय खेलकूद परिषद (राखेप) ले गण्डकी प्रदेश मातहतमा रहेका खेलकूद पूर्वाधार व्यवस्थापनको जिम्मा परिषदका सदस्य राजेश कुमार गुरुङलाई जिम्मा दिएको छ । राखेपले एक पत्र मार्फत परिषदका सदस्य गुरुङलाई उक्त जिम्मेवारी दिएको हो । राखेपका सदस्य सचिव रमेश कुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा वोर्ड सदस्य रहनु भएका गुरुङलाई खेलकूद विकास र विस्तारमा महत्वपूर्ण योगदान दिनुभएकोले गण्डकी प्रदेशमा रहेका रंगशाला, कभर्ड हल, खेल मैदान, एवं भौतिक पूर्वाधारहरुको व्यवस्थापन, संरक्षण गर्न जिम्मेवारी दिएको छ ।

सोही पत्रको आधारमा राष्ट्रिय खेलकूद परिषद अन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय खेलकूद र जिल्ला खेलकूद विकास समितीका कर्मचारीहरुको वैठकले राखेप सदस्य गुरुङको संयोजकत्वमा ७ सदस्यिय समिती गठन गरेको छ । जसको सदस्यमा क्षेत्रिय खेलकूदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकूदका कार्यालय प्रमुख प्रकाश बराल, जिल्ला खेलकूद प्रशिक्षण इन्चार्ज कौशिला खत्री, राखेप कास्की जिल्ला कर्मचारी संघका अध्यक्ष अरुण दत्त र डम्वर बहादुर नेपाली (डिबी) रहेका छन ।

यता गण्डकी प्रदेश सरकारले प्रदेश खेलकूद र जिल्ला खेलकूदलाई पूर्णता दिए सँगै राखेपले पूर्वाधार संरक्षणको जिम्मा भने राखेप सदस्य गुरुङलाई दिएको छ तर राखेपले नै गण्डकी खेलकूद परिषदलाई साउन १ गते बाट लागु हुने गरी राखेप अन्तर्गत रहेका कर्मचारीहरुको व्यवस्थापन उनीहरुको तलव तथा जिल्लामा रहेका कार्यालयहरुको भाडा र अन्य खर्चको व्यवस्थापन गण्डकी खेलकूद परिषद बाटै गर्न पत्राचार गरेको छ ।

गण्डकी प्रदेशको राजधानि पोखरामा करिब डेढ अर्बभ न्दा बढीको भौतिक संरचना हालै जसो निर्माण भएकोले त्यो सहितका प्रदेशका ठुला तथा साना भौतिक संरचनाको रेख देख र त्यसको व्यबस्थापनमा के गर्न सकिन्छ त्यसमा अहोरात्र खट्ने राखेप सदस्य गुरुङले जनाए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *