ताजा खबर

पिसिआर परिक्षण गरेर मात्र गण्डकी प्रदेश सभामा संसद संचालन हुने

डि.एन.बी.
पोखरा १४, वैशाख

पिसिआर परिक्षण गरेर मात्र गण्डकी प्रदेश सभामा सदन संचालन हुने भएको छ । सत्तारुढ दलका नेकपा एमालेले संसद अबरुद्ध गरे पछि पिसिआर परिक्षण गरेर मात्र भोलि बुधबार दिउँसो १ः०० बजे सदन संचालन हुने भएको हो ।
संसद अबरुद्ध भए पछि बसेको कार्यव्यबस्था परामर्श समिति बैठकले पिसिआर पछि मात्र बैठक चलाउने सहमति गरेको कार्यव्यबस्था व्यबस्थापन परामर्श समितिका सदस्य एवं एमाले सांसद समेत रहेका कृष्ण बहादुर थापाले बताए ।

पिसिआर परिक्षण पश्चात यदि कुनै सांसदमा पोजेटिभ रिपोर्ट आएमा संसदमा वोल्न नपाउने र भोटिङ अधिकार भने प्रयोग गर्न पाउने, यदि पोजेटिभ रिपोर्ट आएमा संसदमा सुरक्षितका साथ आउने व्यबस्था स्वयम आफै गर्नु पर्ने निर्णय भएको थापाले जनाए । मंगलबार साँझसम्म सवै सांसदहरुले अनिवार्य रुपमा पिसिआर परिक्षण गराइसक्नु पर्ने भएको उनले जनाए । पिसिआर परिक्षणको व्यबसथा भने प्रदेश सरकारले नै गर्ने भएको सांसद थापाले जनाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ बिरुद्ध अविश्वासको प्रश्ताव पेश गरेको भोलि पल्ट आज (मंगलबार) सत्तारुढ दलकै सांसदहरुले संसद अबरुद्ध गर्नु सक्ता लम्बाउने खेलमा लागेको प्रतिपक्ष दलहरुले आरोप लगाएका छन्। एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हुदा सक्ता लम्बाउने खेलमा कोरोनाको बाहना झिकेको प्रतिपक्ष दल कागेंस, माओबादी केन्द्र सहितका सांसदहरुको आरोप लगाएका हुन्।

सोमबार देखि सुरु भएको विशेष अधिवेशन मंगलबार मध्यान्हः १२ः१५ बजे देखि करिब २० मिनेट जसो संचालन भए पनि सक्तरुढ दलका संसाद राजिव पहारीले अनिवार्य पिसिआर परिक्षण विना संसद चल्न नहुने धारणा राखे पछि सक्ता पक्षका सांसदले आफु बसेको स्थानबाट उभियर संसद्ध अबरुद्ध गरी रहेको अबस्थामा सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटको लागि भनेर संसद स्थगित भएको घोषणा गरेका थिए । राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले सत्तारुढ दलबाटै संसद अबरुद्ध हुनु दुःख लाग्दो कुरा भएको बताए । कोरोनाको बिषयमा प्रश्न उठ्नु स्वभाविक भएको एटुजेटलाई बताए । मुख्यमन्त्री विरुद्ध अविश्वास प्रश्तावमाथी छलफल गर्न सोमबारदेखि विशेष अधिवेसन चलिरहेको सन्दर्भमा दोश्रो दिनको बैठकमा एमालेका सांसदहरु उभिएर अवरोध सृजना गरेका हुन्।

कोभिड १९ को संक्रमण भयावह हुँदै गएको यस्तो अबस्थामा पिसिआर परिक्षण अनिर्वाय गरेर मात्र बैठक अघि बढाउन सांसद पहारीले माग गरेका थिए । सांसद पहारीले सदनमा भने “जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिसकेको छ,’ पहिलाको कोरोना भन्दा अलिहेको कोरोनाको शंक्रमण धेरै गुणा बढी जोखिम छ, हामी धेरै सांसदहरु विभिन्न दिर्घ रोगबाट प्रभावित भएका छौं यस्तो अबस्थामा कसरी संसद अघि बढ्न सक्न सभामुख महोदय । ” नयाँ भेरियन्ट तीब्र गतिमा फैलिएको अवस्थामा यो संसद चलाउनु नहुने, कोभिडको चेन ब्रेक गर्न आदेश विरुद्ध जान कसकिने भन्दै एमाले सांसदहरुले आफ्नो स्थानबाट उभिइ रहेको अबस्थामा सभामुख अधिकारीले पटक पटक सक्ता पक्षका सांसदलाई बस्न आग्रह गरेका थिए ।

प्रदेश प्रमुखले पेश गरेको पत्रको आधारमा र कार्यव्यबस्थाको सर्व समितिले कार्य व्यबस्था बनेकोले सदमा उभिएका एमालेका सांसदलाई बस्न सभामुख अधिकारीले आग्रह गरेका थिए । प्रदेशका करिब ३७ जना सांसदहरुले कोभिड बिरुद्धको दोश्राचेच चरणको खोप समेत नलगाएको सांसद पहारीको भनाई थियो । सरकारले नै २५ भन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गरेको अबस्थामा सदन चलायर यदि कसैको कोरोना शंक्रमणबाट ज्यान गएमा त्यसको जिम्मा कसले लिन्छ भन्दै सांसद पहारीले प्रश्न गरेका थिए । उनले धेरै माननीयहरु आफैमा स्वास प्रश्वास, प्रेसर, सुगर, थाईराईड, लगायत दीर्घ रोगबाट ग्रसित भएको दाबी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पनि समर्थन गरेकाले प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए । स्वतन्त्र सांसद दीपक मनाङलाई सदनमा मंगलबार छुट्टै स्थान बनाइएको थियो भने कांगेसका सांसदलाई पहिला दर्शक एवं परिवेक्षकहरु बस्ने स्थानमा राखिएको थियो ।

गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद दीपक मनाङ रहेका छन्। कांगेसका १५, मोओबादी केन्द्रका १२ जना, जसपाको २ र जनमोर्चाको ३ जना सांसद रहेका छन्। कागेंस र माओबादी केन्द्रका सांसदहरुलाई पोखराको एक रिसोर्टमा राखिएको छ । तत्काल छलफल र बैठक बस्नु पर्ने र सुरक्षाको दृष्टिले पनि दुबै दलका सांसदलाई एकै ठाँउमा राखिएको कांगेसका सांसद विन्दुकुमार थापाले एटुजेटलाई बताए  । जसपाका सांसदहरु समेत पोखराको एक होटलमा राखिएको छ ।

Related posts