ताजा खबर

नौ जनालाई नइ बाल पुरस्कार

काठमाडौँ, वैशाख १३

नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका नौ जना बालबालिकालाई २०७७ सालको नइ बाल पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी साहित्यतर्फ सुविन रिमाल, चित्रकलातर्फ देभान्स अग्रवाल, सङ्गीततर्फ  सफलता श्रेष्ठ, नृत्यतर्फ  अदिति उपाध्याय र खेलकुदतर्फ ऋषान्त घिमिरेलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ ।

यी सबै पुरस्कार ताम्रपत्रका साथै जनही दस हजार रुपियाँ राशिका हुनेछन् । नइ प्रकाशनले दस वर्ष ननाघेका  समीर डङ्गोललाई सङ्गीत र  युकी कुँवरलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ ।

ताम्रपत्रसहितको यी दुवै पुरस्कारमा जनही सात हजार रुपियाँ राशि रहेका छन् ।

त्यसै गरी पाँच वर्षीय दृश्ना महर्जनलाई ताम्रपत्रका साथै पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष  इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *