ताजा खबर

पोखराको पर्यटन विकासका लागि परिषद् र महानगरबीच छलफल

पोखरा १३, वैशाख

पोखरा पर्यटन परिषदले पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगर र पर्यटन व्यवसायी बीच छलफल भएको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा संघमा आवद्ध संघसंस्थाका प्रतिनिधि सहितको टोली र महानगरका प्रमुख मानबहादुर जिसी बीच कोभिड १९ को समस्या र पोखराको पर्यटनको विषयमा छलफल भएको हो ।

कोभिड १९ को महामारी यथावत रहेको अवस्थामा पर्यटन व्यवसायीले भोग्नु परेका समस्या लगायत पर्यटनको दिगो विकासमा आगामी योजनाको बारेमा छलफल भएको अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । “अहिले निकै कठिन अवस्थामा पर्यटन व्यवसायी छन्, स्थानीय सरकार व्यवसायी मैत्री हुन जरुरी छ, सँगसँगै पोखराको पर्यटनमा नविनतम सोच सहितका पूर्वाधार अबको खाँचो हो, यहि विषयमा छलफलमा जुटेका हौ” भट्टराइले महानगर प्रमुखलाई पोखराको दिगो विकासका लागि २५ बुँदे सुझाव सहित ध्यानाकर्षण समेत गराएको बताउनुभयो । “हामी महानगरको पर्यटन विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्न तयार छौ” भट्टराईले भन्नुभयो ।

महानगर प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटन विकासका लागि आफू सधै सकारात्मक रहेको र नतीजामुखी कामको लागि प्रतिवद्ध भएको बताउनुभयो । “पोखरा हामी सबैको हो, यसको विकासका लागि आवश्यक पूर्वाधारका निर्माणमा महानगर जुटिरहेको छ, कहि कतै आँखा नपुगेको हुनसक्छ सकारात्मक सुझाव अपेक्षा गरेका छौ” उहाँले भन्नुभयो “विकासमा साझेदारी र सकारात्मक चिन्तनको आवश्यकता हुन्छ, हामीसबैको चाहाना पोखरालाई समृद्ध बनाउने हो” उहाँले पनि पर्यटन व्यवसायीसँग सहकार्य र समन्वय गरेर अघि बढ्न तयार रहेको बतातउनुभयो ।

परिषदका महासचिव रामचन्द्र शर्माले पर्यटन क्षेत्रमा देखिएका समस्या सहित फेवातालको सौन्र्दयकरण र दिगो पर्यटन विकासका लागि २५ बुँदे सुझाव दिएको जानकारी दिनुभयो भयो । विशेष गरी सुझावमा फोहोर व्यवस्थापन, हिमागृह र रत्नमन्दिरलाई ऐतिहासिक,पुरातातीत्क पर्यटकीय सम्पदाको रुपमा विकास गर्न पूर्वाधार निमार्ण, स्वास्थ्य सचेतना, आवश्यक पूर्वाधार सहितको अस्पताल निर्माण गर्न, पर्यटकीय गन्तब्यको शुल्क एकद्धारबाट गर्न, सुरक्षाका लागि सडक बत्ति र सिसी टिभी जडान गर्न, सडक विस्तार र कनेक्टिभिटी, ट्राफिक व्यवस्थापन, सीपमुलक रोजगारको व्यवस्था, कर दर्ता प्रक्रिया साथै समस्यामा परेका व्यवसायीलाई करमा पूर्ण, आंशिक रुपमा सहुलियत ,विश्व सम्पदा सूचीमा सुचिकृत पर्यटकीय गन्तव्य स्थलहरुलाई सम्वद्र्धन र संरक्षण, व्यवसायहरु दर्ता गर्नको लागि अति आवश्यक कम्पनी रजिष्ट्रार्डको कार्यालय गण्डकी प्रदेशमा ल्याउन प्रदेश सरकारसंग आवश्यक पहल गर्नका पहलका लागि पनि महानगरलाई समन्वय गर्न भनिएको छ । त्यसैगरी पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटकीय क्षेत्रमा रात्रीकालीन व्यवसाय सञ्चालनका लागि सुरक्षा निकायसँग समन्वय गरी सहज वातावरण निर्माण गर्न पनि भनिएको छ । महानगरपालिकाबाट पर्यटन सम्बन्धी कार्यक्रमको लागि शिर्षक तोकी बजेट विनियोजन गर्नुपर्ने कुरा समेत उल्लेख गरिएको छ ।

Related posts