ताजा खबर

ब्रेन हेमरेज (मस्तिष्क घात) बाट प्रभावित कायस्थको उपचारको लागि सहयोग आउने क्रम जारी

डि.एन.बी.
पोखरा १२, वैशाख

ब्रेन हेमरेज (मस्तिष्क घात) बाट प्रभावित भएका पोखरा ३ का ४५ बर्षीय प्रताप कायस्थको उपचारको लागि सहयोग आउने क्रम जारी रहेको छ ।

उनको उपचारको लागि हालसम्म स्वदेश तथा विदेशबाट गरी करिब ३ लाख २५ हजार संकलन भएको प्रताप कायस्थ सहयोग समितिका अध्यक्ष अष्टमान प्रधानाङग्ले बताए । पछिल्लो समयमा पोखरा तेर्सापट्टिका युवा व्यवसायी सरोज श्रेष्ठबाट १० हजार, पोखरा ३ नदीपुरको रत्न श्री जिमबाट २५ हजार सहयोग गरेको उनले जनाए । त्यस्तै पोखराका हाल अमेरीका निवासी अर्चना कतिला (कायस्थ) र सृजना पौडेल (कायस्थ) ले ५० हजार रुपैया उपलब्ध गराएको उनका आफन्त राजेन्द्र कुमार कायस्थले बताए ।

हाल थप उपचारको लागि प्रताप काठमाण्डौं गएको समितिका सदस्य एवं पोखराको भिन्तुना युवा क्लवका अध्यक्ष राजन श्रेष्ठले बताए । रोजगारको लागि विदेश गएका कायस्थ आफ्नी छोरीलाई गुमाएसंगै स्वदेश फर्कियर काठमाण्डौंमा भाडा पसल संचालन गर्दै आउने क्रममा लकडाउनको समयमै एकाएक बेहोस भई बिरामी भई थलिएका उनी हाल आफ्नो उपचारको लागि सहयोगको हात आव्हान गर्दैछन्। उनको हालसम्म उपचारमा करिब १५ लाख जसो खर्च भई एक लाख ऋण भएकोले हाल दैनिक रुपमा औषधि उपचार गर्न आर्थिक अभाव भएकोले उपचारमा सहयोग गर्न कायस्थले आग्रह गरेका हुन् । विस्तारामै लड्ने गरी थलिएका कायस्थले आफ्नो उपचार पश्चात निको भएमा जीबन भरी सामाजिक सेवा गर्ने इच्छा भएको बताए ।

प्रष्टसंग वोल्न र हिडडुल गर्न नसक्ने गरी थलिएका कायस्थाको रेखदेखमा उनका १३ बर्षीय छोरा अर्जुन श्रेष्ठ आफ्नो पढाई छाडेर बाबुको रेखदेखमा लागेका छन्। पहिला बाबुको उपचार त्यस पछि मात्र मेरो भविश्य हेर्नु पर्ला भनेका अर्जुनले आमाको आम्दानी नभएको र बाबुको रेखदेखमा चौबिसै घण्टा खटिनु परेकोले पढाई भन्दा बाबुको स्वास्थ्य ठुलो भएकोले बाबुको उपचारमा लागेको बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *