
डि.एन.बी.
पोखरा १०, वैशाख
पोखराको खपौदीमा मापदण्ड विपरित निर्माण भएको भौतिक संरचना भत्काउन गएको पोखरा महानगरको टोली स्थानियको चर्को बिरोध भए पछि केही भाग मात्र भत्काएर फर्किएको छ । चौतर्फी दबाबका कारण आफुहरुले बाध्य भएर मापदण्ड विपरित निर्माण भएको भौतिक संरचना भत्काइएको पोखरा महानगरका विपद व्यबस्थापन महाशाखा प्रमुख बरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्माले बताए ।
डोजर सहित पोखरा महानगरपालिकाको नगर प्रहरीको साथमा नेपाल प्रहरीको सहायताले पोखराको खपौदीमा करिब ५ मिटर लम्बाईको पर्खाल भत्काइएको उनले एटुजेटलाई बताए । टोलीले एक टिप्पर ढुंगा समेत जफत गरेको उनले जनाए । पोखराका नागरिक अगुवा राम बहादुर पौडेल, गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल जीबनले फेवातालको संरक्षण गर्ने जिम्मा पाएका पोखरा महानगर र जिल्ला प्रशासन कार्यालयलाई जानकारी र खबर गरेको आधारमा महानगरले बाध्य भएयर शुक्रबार अवैध रुपमा निर्माण भएको भौतिक संरचनाको केही भाग मात्र भत्काएको हो ।
शुक्रबार महानगरले एक ट्रक ढुंगा समेत सो क्षेत्रबाट उठाएको छ भने करिब एक सय मिटर पर्खाल मध्य करिब ५ मिटरको पर्खाल मात्र भत्काएको शर्माले जनाए । महानगरले यस अघि पनि पटक पटक फेवाताल किनारामा अवैध रुपमा निर्माण भएका भौतिक संरचना भत्काउदै आएको उनले जनाए । महानगरलाई जानकारी भएसम्म र कसैले जानकारी गराएको अबस्थामा वा उजुरी गरेका आधारमा समेत अवैध रुपमा निर्माण भएका भौतिक संरचना महानगरले भत्काउने भएको विपद व्यबस्थापन महाशाखा प्रमुख शर्माले बताए । स्थानियले अदालतको स्टे अडर छ भनी मापदण्ड विपरितको भौतिक संरचना भत्काउन गएको टोलीलाई अबरोध सृजना गरे पछि हाल थोरै भाग मात्र भत्कायर हाल छाडिएको बताएका शर्माले स्टे अडर आएको बिषयमा पछि पछि बुझेर मात्र थप कारवाही अघि बढाउने भएको उनले बताए । डोजर सहित नगर प्रहरी, वडा प्रहरी कार्यालय बैदामको टोली समेत अवैध रुपमा निर्माण भएको भौतिक संरचना हटाउन गएकोमा स्थानियसंगको भनाभन र धकेलाधकेलको बाबजुत केही भाग मात्र भत्कायर महानगरको टोली फर्किएको हो ।
शुक्रबार विहान करिब ११ः०० बजे अवैध रुपमा निर्माण भएको मापदण्ड भत्काउने महानगरले पूर्व जानकारी गराए अनुसार स्थानियहरु एक जुट भएर बसेको अबस्थामा नागरिक अगुवा राम बहादुर पौडेललाई घेरामा पारी आफ्नो जग्गामा संरचना बनाउने बिषयमा वोलेको भन्दै गाली गलौच गरेका थिए ।
पौडेल माथि खनिएका स्थानियले पहिला ड्यामसाइडबाटै मापदण्ड विपति निर्माण भएका भौतिक संरचना भत्काउदै आएमा आफुहरुले खपौंदीमा निर्माण भएको संरचना आफै भत्काउने जग्गा धनि खगराज शर्मा आचार्यले एटुजेटलाई बताए ।
उनका छोरा बिजयराज आचार्यले आफुहरुसंग उत्त क्षेत्रमा करिब ११ रोपनी जग्गा भएको आफुहरुले सौन्दर्यकरणका निम्ति हाल केही भागमा पर्खाल लगाएको बताए । डोजरै लगायर पर्खाल भत्काउने भए पछि जग्गा धनि सुते आचार्य सहितका स्थानिय डोजरमै बसेर आफुहरुको जग्गामा कसैले जवरजस्ती गर्न नहुने बताए । स्थानिय डोजरमै बसे पछि केही समय प्रहरी र स्थानिय बिच भनाभनको साथमा धकेला धकेल समेत भएको थियो । जग्गा धनिले पोखरा महानगरमा जग्गा संरक्षण गरी फेवाताल सौन्दर्यकरण गरी पाँउ भनेर गत मंसिर २९ गते निवेदन दिएका थिए यद्यपी महानगरले संरचना निर्माणको अनुमति दिएको पत्रमा देखिदैन्।
नागरिक अगुवा पौडेलले फेवातालको बिषयमा आवाज उठाउदा केही स्थानियले आफु माथि अप शब्द, गाली गलौच सहित अभद्र व्यवहार गरेको गुनासो गरे । फेवातालको लागि आवश्यक पर्ने जग्गा व्यत्तिको नाममा भए उनीहरुलाई उचित मुआब्जा राज्यले दिनु पर्ने उनले माग गरे ।जग्गा धनिले युवा व्यवसायी दीपेस श्रेष्ठ, मनोज श्रेष्ठ, प्रबेश शाक्य सहितको टोलीलाई व्यवसायीक प्रयोजनको लागि उक्त जग्गा भाडामा दिएको आचार्य परिवारले जनाएको छ ।
यस बिषयमा गत शनिबार गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल (जीबन) ले अवैध रुपमा निर्माण भएको भौतिक संरचनाको बिषयमा पोखराका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पोखराका नागरिक अगुवा राम बहादुर पौडेल, फेवाताल चारकिल्ला निर्धारण, सिमाङकन तथा नक्साङकन समितिका संयोजक पुण्यप्रसाद पौडेल लगायतलाई जानकारी गराएका थिए ।
मुलुकी देवानी संहिता २०७४ मा उल्लेख भए अनुसार कसैले सार्वजनिक र सरकारी वा समुदायिक जग्गामा निजी वा सार्वजनिक प्रयोजनको लागि कुनै संरचना बनाउन हुदैन्। यदि कसैले सरकारी, सार्वजनिक वा सामुदायिक जग्गामा कुनै संरचना बनाउन लागेमा समबन्धित प्रमुख जिल्ला अधिकारी वा स्थानिय तहले त्यस्तो कार्य तुरुन्त रोक्नु पर्ने प्राब्धान रहेको छ । फेवातालको क्षेत्रफल ५ दशमवल ७ सय २६ वर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी ११ आन
ा १ पैसा भएको फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले जनाएको छ ।