ताजा खबर

मानव स्वास्थ्य माथी खेलवार्ड गर्ने पोखराका ३ कम्पनी कारवाहीमा

डि.एन.बी.

पोखरा ६, वैशाख

मानव स्वास्थ्य माथि नै खेलवार्ड गर्ने पोखराका ३ वटा कम्पनी कारवाहीमा परेका छन्। पोखरामा हालै गरिएको बजार अनुगमनको क्रममा अन्नपूर्ण फुड्स एण्ड वेवरेज, हिम सागर मेडिकल हल, न्यू दाई दाङ भ्याली सप्लायर्स कारवाहीमा परेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

उनका अनुसार बजार अनुगमनको क्रममा तीन कम्पनी सहित प्रकाश शुभ हार्डवयर समेत कारवाहीमा परेको हो । पिउने  पानी उत्पादन गर्देै आएको अन्नपूर्ण फुड्स एण्ड वेवरेज प्रालि, हिम सागर मेडिकल हलले अनुमति विना पसल संचालन गरेको न्यू दाई दाङ भ्याली सप्लायर्सले मुल्य सूचि नराखेको र प्रकाश हार्डवयरले बिल बिजक नराखेको लगायतका अन्य कारणले गर्दा उनीहरु कानूनि कारवाही भोग्नु पर्ने भएको सहायक प्र.जि.अ.पौडेलले बताए । साथै उनीहरुबाट ५ लाख ५० हजार राजश्व समेत संकलन गर्न सफल भएको उनले एटुजेटलाई बताए ।

वेवरेजलाई २ लाख, हाडवयरलाई २ लाख ५० हजार, मेडिकल र सप्लायर्सलाई जनही ५०÷५० हजार जरिवाना गरिएको सहायक प्र.जि.अ.पौडेलले जनाए । त्यस्तै पोखराको न्यूरोडमा रहेको जर्मन बेकरी र काठमाण्डौं बेकरी समेत अनुगमनको क्रममा चेतावनी पाएका छन्। जर्मन बेकरीले आवश्यक काजपत्र पेश नगरेको र काठमाण्डौं बेकरीको सरसफाईमा कमी भएकोले एक पटकलाई सम्झाई बुझाई छाडिएको उनदले जनाए ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कायर्कालय कास्की, उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय पोखरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखरा एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरु अनुगमनमा निस्केको थियो ।

बजार अनुगमन तथा निरिक्षणका क्रममा पोखरा महानगरपालिका क्षेत्र भित्रका प्रशोधित खानेपानी उत्पादक, निर्माण सामाग्रि बिक्रेता, बेकरी उद्योग फ्रेस हाउस, केही उद्योग प्रतिष्ठानले बिल बिजक जारी नगरेको उपभोग्य म्याद नाघेको बस्तु बिक्रिमा राखेको, कानुन बमोजिम दर्ता नविकरण नगरी व्यवसाय संचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । कानुन विपरित कार्य गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम बिभिन्न केही फर्मबाट ५ लाख ५० हजार रुपैया जरिवना गरिएको पौडेलले बताए । अनुगमनको क्रममा सामान्य रुपमा देखिएका कैफियतलाई तत्काल सुधार गर्न निर्देशन दिएको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।

 

 

Related posts