ताजा खबर

गण्डकी प्रदेश खेलकूद परिषदको उपाध्यक्षमा पुन,जिल्ला अध्यक्षमा बानिया नियूत्ति

डि.एन.बी.
पोखरा ५, वैशाख

गण्डकी प्रदेश सरकारलाई प्रतिपक्ष दलहरुले अविश्वासको प्रस्ताव पेश गरेका वेला प्रदेश सरकारले गण्डकी प्रदेश खेलकूद परिषदलाई पूर्णता दिए सँगै जिल्ला खेलकुद विकास समितिमा समेत अध्यक्ष सहितका पदाधिकारी नियुत्ति गरेको छ ।

गण्डकी खेलकुद परिषदको उपाध्यक्षमा नारायण पुन मनोनित भएका छन भने अन्य सदस्यहरुमा गिरमान गुरुङ, बासु बराल, दिल बहादुर गुरुङ, राम चन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञान बहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, बसन्त दवाडी, ऋषी गौतम, निर्मला बराल र केशव पाठक मनोनित भएका हुन्।

त्यसै गरी कास्की जिल्ला खेलकूद विकास समितीको अध्यक्षमा तोरण बहादुर बानियाँ मनोनित भएका छन् ।

समितिको उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भिम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला)लाई मनोनीत भएका छन् ।


तनहुँ जिल्लाको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुल्सीराम पाण्डे, लमजुङ जिल्लाको अध्यक्षमा योग बहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेत बहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ जिल्लाको अध्यक्षमा चिन बहादुर घले र सचिवमा नवराज गुरुङ रहेका छन । त्यस्तै स्याङजा जिल्लाको अध्यक्षमा गिरी प्रसाद गुरुङ र सचिवमा शितल जङ्ग केसी मनोनयन भएका छन् । त्यसै गरी गोरखा जिल्लाको अध्यक्षमा शान्ता सिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङ जिल्लाको अध्यक्षमा मिन कुमार शेरचन र सचिवमा विनोद वि.सी, म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ र बागलुङ जिल्लाको अध्यक्षमा कुमार खडका र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनित भएका छन । मनोनित परिषद सदस्य तथा जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको ४ वर्षको कार्यकाल रहेको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *