ताजा खबर

वाराही सहकारीको शुभकामना आदन प्रदान एवं भित्तेपात्रो विमोचन

समाचारकक्ष
पोखरा ५, वैशाख

पोखरा १७ स्थित बिरौटामा रहेको बाराही बचत तथा ऋण सहकारी संस्थाले नव बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहितं भित्तेपात्रो विमोचन गरेको छ ।

 

संस्थाका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर गुरूङ र सल्लाहकार बाबुराम बरालबाट संयुक्त रूपमा नयाँ बर्षको भित्तेपात्रो विमोचन गर्नु भएको हो । कार्यक्रममा उपाध्यक्ष दिनबन्धु गौतमले स्वागत्, लेखा संयोजक प्रेमनारायण अधिकारी, निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर गुरूङ र सल्लाहकारहरू बाबुराम बराल,प्रकाश चन्द्र गुरूङ,गोबिन्द कुमार श्रेष्ठ मुकुन्द राज अर्याल र संचालक धर्मदत्त तिमिल्सिना लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कास्की जिल्ला कार्यक्षेत्र भै “छरिएर रहेको पूँजि संचय गरि आर्थिक उन्नति गरौं “ भन्ने मुल नारा लिई, २०५६ मा स्थापना भएको यस बाराही बचत तथा ऋण सहकारीमा हाल ७ सय २६ जना सेयर सदस्यहरू रहेको व्यबस्थापक नारायण पहारीले बताउनु भयो ।  संस्थाको सेयरपूँजि ६ करोड २४ लाख ६३ हजार रहेको उहाँले बताउनु भयो । 

Related posts