ताजा खबर

कुमुदीनि होम्स माविद्धारा कास्कीका दुई सामुदायिक बिद्यालयका बिद्यार्थीलाई चस्मा सहयोग हस्तान्तरण

डि.एन.बी.
पोखरा २, वैशाख

पोखराको गैह््रापाटनमा रहेको कुमुदीनि होम्स माविले कास्कीका दुई सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क चस्मा सहयोग हस्तान्तरण गरेको छ । कास्कीको भुर्जुङखोलामा रहेको हिमालयन आधारभुत बिद्यालय र खादरजुङमा रहेको वाराही आधारभुत बिद्यालयलार्ई होम्सले आज (विहिबार) बिद्यालयमै आयोजित एक समारोहका बिच उत्त सहयोग गरेको हो ।

केही समय अघि दुई वटा बिद्यालयका ६५ जना बिद्यालयमा आँखा परिक्षण गर्दा ११ जनामा आँखा सम्बन्धि केही समस्या आएकोले आँखा चिकित्सकको सल्लाहा अनुसार चस्मा लगाउनु पर्ने भएकोले उनीहरुलाई चस्मा उपलब्ध गराएको कुमुदीनि होम्स माविका संस्थापक असोक पालिखेले बताए । वाराहीका ७ र हिमालयनका ४ जना बिद्यार्थीहरुलाई विहिबार चस्मा वितरण गरीएको हो ।

लोटस फाउण्डेसन जर्मनीको सहयोगमा आँखा रोग बिषेशज्ञ डा.सोभित पौडल, नेत्र सहायक अनुप कुमार सिंहको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सफल भएको पालिखेले जनाए ।
हिमालयनका प्रधानाध्यापक माधव गौतम र वाराहीका प्रधानाध्यापक राम प्रसाद आचार्य, बिद्यार्थीका आफन्त लगायतको सहभागिता रहेको संस्थापक अध्यक्ष पालिखेले जनाए ।

हिमालयनमा हाल ३० र वाराहीमा ३७ जना बिद्यार्थीहरु अध्ययनरत रहेको उनले जनाए ।
बिद्यालयले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत विगतका बर्ष देखि सामुदायिक बिद्यालयको शैक्षिक विकासको लागि विभिन्न प्रकारको सहयोग गर्दै आएको संस्थापक पालिखेले बताए ।

 

Related posts