ताजा खबर

ब्रेन हेमरेज (मस्तिष्क घात) बाट प्रभावित कायस्थको उपचारमा सहयोग गर्न आव्हन

डि.एन.बी.

पोखरा ३०, चैत

पोखरा ३ का प्रताप कायस्थ हाल आफ्नो जीवन रक्षाको लागि सहयोगी दाताहरु समक्ष आव्हान गरेका छन्। ब्रेन हेमरेज (मस्तिष्क घात) बाट प्रभावित भएका ४५ बर्षीया कायस्थले आफ्नो जीबन रक्षाको लागि आर्थिक सहयोग गर्न आव्हान गरेका हुन्।

रोजगारको लागि विदेश गएका कायस्थ आफ्नी छोरीलाई गुमाएसंगै स्वदेश फर्कियर काठमाण्डौंमा भाडा पसल संचालन गर्दै आउने क्रममा लकडाउनको समयमै एकाएक बेहोस भई बिरामी भई थलिएका उनी हाल आफ्नो उपचारको लागि सहयोगको हात फैलाएका छन्। पोखरा ३ स्थित राम कायस्थ आफ्न्तको घरमा हाल आश्रय लियर बसेका उनको हालसम्म उपचारमा करिब १५ लाख जसो खर्च भई एक लाख ऋण भएकोले हाल दैनिक रुपमा औषधि उपचार गर्न आर्थिक अभाव भएकोले उपचारमा सहयोग गर्न कायस्थले आग्रह गरेका छन्। विस्तारार्मै लड्ने गरी थलिएका कायस्थले आफ्नो उपचार पश्चात निको भएमा जीबन भरी सामाजिक सेवा गर्ने इच्छा भएको भावना एटुजेटलाई व्यत्त गरे ।

प्रष्टसंग वोल्न र हिडडुल गर्न नसक्ने गरी थलिएका कायस्थाको रेखदेखमा उनका १३ बर्षीय छोरा अर्जुन श्रेष्ठ आफ्नो पढाई छाडेर बाबुको रेखदेखमा लागेका छन्। पहिला बाबुको उपचार त्यस पछि मात्र मेरो भविश्य हेर्नु पर्ला भनेका अर्जुनले आमाको आम्दानी नभएको र बाबुको रेखदेखमा चौबिसै घण्टा खटिनु परेकोले पढाई भन्दा बाबुको स्वास्थ्य ठुलो भएकोले बाबुको उपचारमा लागेको बताए । कोरोनाको कारण देशमा लकडाउन भएको अबस्थामा हात खुट्टा झमझम पार्दै एकाएक बेहोस भए पछि विभिन्न अस्पतालमा पुराउदै उनको उपचार गर्दै आउदा हाल एक लाख ऋण नै पुगेको कायस्थकी श्रीमती तिल माया श्रेष्ठले बताइन्। कायस्थ प्यारालाइसिस भएको हुदा उनलाई अपाङगताको प्रमाण पत्र हुदा उपचारमा खर्च कम हुने भएकोले उनी पोखरा आएका हु्न्। कायस्थको औषधि तथा दैनिक फिजियो थेरापि गर्नु पर्दा करिब एक हजार ५ सय देखि २ हजार खर्च लाग्ने भएको उनकी श्रीमती श्रेष्ठले बताइन्।

यसैबिच, कायस्थलाई बचाउन पोखराका युवा सहित विभिन्न व्यत्तिहरु एक जुट भएका छन्। अष्टमान प्रधानाङग्को अध्यक्षतामा प्रताप कायस्थ सहयोग समिति समेत गठन भएको छ । समितिको अन्य सदस्यहरुमा दिपु भारी, सुनिल उलक, बिष्णुशंकर ख्वाउजु, किरण तमारी, भाष्कर ध्वज श्रेष्ठ, अजय सुवाल, राजन श्रेष्ठ, खेम श्रेष्ठ, अनिस सु्वास र किरण उदास रहेका छन्। समितिका अध्यक्ष प्रधानाङग्ले कायस्थको उपचारमा आवश्यक पर्ने रकम जोहो गर्न आफुहरुले स्वदेश तथा विदेशमा रहेका नेपालीहरु समक्ष नै आव्हान गरिएको एटुजेटलाई जनाए ।

नेवाः देय दवु कास्की र पोखराको भिन्तुना युवा क्लवले कायस्थको उपचारको लागि सोमबार आर्थिक सहयोग हस्तान्तरण समेत गरेका छन्। भिन्तुना क्लवले ३० हजार २ सय ७३ नगद र ३४ हजार १ सय ९ रुपैया डिजिटल सिस्टम मार्फक खातामा जम्मा भएको रकम कायस्थ परिवारलाई क्लवका अध्यक्ष राजन श्रेष्ठले सोमबार पोखरामा हस्तान्तरण गरेका हुन्। त्यस्तै नेवाः देय दवु कास्कीले कायस्थ परिवारको उपचारको १० हजार रुपैया नेवाः दवु कास्कीका अध्यक्ष अष्टमान प्रधानाङग्, गण्डकी प्रदेश अध्यक्ष विश्णुशंकर ख्वाउजुले कायस्थ परिवारलाई सहयोग हस्तान्तरण गरेका हुन्।

Related posts