ताजा खबर

आहा रारा गोल्डकपमहापण्डित ः विजेता सापकोटालाई ३२ इन्चको एलईडी टेलिभिजन

पोखरा चैत्र २९

यस वर्षको आहा रारा गोल्डकपमहापण्डितको विजेतापोखरा १३ काछत्रप्रसाद सापकोटाभएकाछन् । चैत २८ गते सम्पन्न साहारा क्लबपोखराले आयोजना गरेको संकटाक्लब र अफ्रिकन रुट्स एशोसियसनडाउलाक्यामरुनबिचको फाइनल खेल कस्ले जित्लाभन्ने प्रशनमाअनुमानित सहीउत्तर दिने मध्येबाटलक्की ड्र मार्फत सापकोटाछनोटमा परेकाहुन् ।

उनलाई रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जको पोखरा कल ईन कार्यक्रममा रेडियोकाअध्यक्षविश्वशंकर पालिखेले ३२ इन्चको एलईडी टेलिभिजनप्रदान गरे । टेलिभिजनडिजिटल साउण्डएण्डभिजन न्युरोड पोखराले उपलब्ध गराएको थियो । टेलिभिजन सँगै विजेता सापकोटाले हिमश्री फुड्स प्रालीको तर्फबाट एक कार्टुन रारा चाउचाउप्राप्त गरेकाछन् । उनलाई हिमश्री फुड्सका सेल्स अफिसर बमबहादुर बरालले चाउचाउप्रदान गरे ।

आहा रारा गोल्डकपमहापण्डितहुनपाउँदाखुशीलागेको विजेता सापकोटाले बताए । रेडियोले हरेक वर्ष आहा रारा गोल्डकपमहापण्डितको आयोजना गरी खेलको क्षेत्रमा समेत टेवापुर्याउँदै आएको साहारा क्लबपोखराकाउपाध्यक्ष हरिराम गुरुङ “सुरज”ले बताए । १९ औं संस्करणको आहा रारा गोल्डकपकाकार्यक्रम संयोजक समेत रहेका गुरुङले कोरोनामहामारीका समयमापनिआहा रारा गोल्डकप सफलपार्न आ—आफ्नो तर्फबाट सहयोग गर्ने संघसंस्थातथादर्शकहरुलाई धन्यवाददिएकाछन् ।

रेडियोकाअध्यक्षविश्वशंकर पालिखेले साहारा क्लबपोखरासँग रेडियोको सम्बन्धहिजो पनिप्रगाढ रहेको र आजपनि उस्तै भएको बताए । भोलीकादिनमा समेत खेलको क्षेत्रमा रेडियोले प्रचारप्रसारमा टेवापुर्याउने प्रतिबद्धताउनको छ ।

हिमश्री फुड्सका सेल्स अफिसर बमबहादुर बरालले पोखरामाफुटबलको फिवर बढाउन रेडियोले महत्वपूर्ण भूमिकानिर्वाह गरेको बताए । सोहीअवसरमाआफु र आबद्धभएको संस्थाजोडिनपाउँदाखुशीलागेको उनले बताए ।

रेडियोका स्टेशनम्यानेजर सन्जयकुमार मल्लले आहा रारा गोल्डकपमहापण्डितकार्यक्रमलाई भोलीकादिनमाअझै प्रभावकारी बनाउँदै लगिने बताए । सामाजिकदायित्वअन्र्तगत खेलकुदकामाध्यमबाटपोखराको पर्यटन क्षेत्रलाई माथिउठाउन रेडियो सदैव लाग्ने प्रतिबद्धताउनको छ ।

चैत २१ गतेबाट २८ गते सम्मआयोजितआहा रारा गोल्डकपको हरेक दिनभएको खेलको विजेताकाविषयमा रेडियोले प्रशनगर्दै आएको थियो । उक्तप्रशनबाटविजेताबनेकाविजयीलाई रेडियोले सेभेन बीफोन जोन विशालबजारको तर्फबाट एक थानमोबाइलप्रदान गरेको थियो ।

 

Related posts