पोखरा २९, चैत
पोखरामा वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। धादिङ निलकण्ठ नगरपालिका वडा नं.९ घर भई हाल पोखरा महानगरपालिका वडा नं.४ गणेशटोल बस्ने २३ बर्षका ईश्वर श्रेष्ठ १५ बर्षकी बालिका करणी गरेको आरोपमा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । Doc2
नावालिकालाई घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की दिई जबरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीको आधारमा श्रेष्ठलाई शनिबार पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरिक्षक डि.एस.पि.सुवास हमालले बताए । कास्की जिल्ला अदालतबाट श्रेष्ठलाई दश दीन म्याद थप गरी अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको उनले जनाए ।
यसैबिच, १८ बर्षकी बालिका माथि करणीको आरोपमा कास्कीको मादी गाउँपालिका १ का २९ बर्षीय गम बहादुर परियार पक्राउ परेकाछन्। धारामा पानी भर्न जाने क्रममा डर, धाकभम्की दिई जबरजस्ती करणी गरी भागेको भने सूचनाको आधारमा चैत २५ गते पक्राउ गरी जबरजस्ती करणी समबन्धी कसुरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
परियारलाई कास्की जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अघि बढाईएको डि.एस.पी. हमालले बताए ।