ताजा खबर

पोखराको महतगौडामा गोली प्रहार गर्ने एक व्यत्ति गोली सहित पक्राउ

डि.एन.बी.
पोखरा २९, चैत

पोखराको महतगौडामा गत माघ २३ गते बेलुका ९ः०० बजे गोली प्रहार गर्ने एक व्यत्ति गाली सहित पक्राउ परेका छन् । पर्वत मोदी गा.पा.८ चित्रेका २७ बर्षीय मनोज बि.क.लाई गोली प्रहार गर्ने बारा बरियापुर ४ स्थित पिपराबृताका ४५ बर्षीय राजकिशोर पाण्डेलाई कास्की प्रहरीले पक्राउ गरेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराएको हो ।

पोखराको पामेमा बस्दै आएका घाइते मनोज बिकलाई पेटमा गोली हानी फरार भएका पाण्डेलाई कास्की प्रहरीले पोखराको सिमपानीबाट गोली सहित पक्राउ गरेसंगै आइतार नै सार्वजनीक समेत गरेको छ ।

पाण्डेको साथबाट प्रहरीले तीन थान गोली पक्राउ गरेको छ भने उनले कस्तो पेष्तोल प्रयोग गरेको र उनले प्रयोग गरेको पेष्तोल खोजी कार्य भई रहेको कास्कीका प्रहरी प्रमुख जीवन कुमार श्रेष्ठले बताए । प्रहरीले पाण्डेको साथबाट ७.६५ एम.एम.को तीन थान गोली सहित पर्स र मोवाइल बरामद गरेको एस.पी.श्रेष्ठले बताए । पाण्डेलाई ज्यान मार्ने मुद्धा र हातहतियार सम्बन्धि मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

वाइरिङ सम्बन्धि काम गर्दै आएका घाइते बि.क.को गण्डकी मेडिकल कलेजमा उपचार पश्चात हाल आफ्नै निवासमा आराम गर्दै बसेको एस.पी. श्रेष्ठले जनाए । पाण्डेले भने मेटल सम्बन्धि काम गर्दै आएको प्रहरीले जनाएको छ । कुनै घरमा वाइरिङ र मेटलको काम गर्दा पाण्डे र बि.क.बिच भनाभन समेत हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पाण्डेले बि.क.लाई गोली हानुको कारण भने हालसम्म पत्त लगाउन नसकिएको प्रहरीले जनाएको छ ।

 

Related posts