गण्डकी प्रदेशको समृद्धिमा खेलकुदले पनि सहयोग गर्ने वत्ताको दाबी

डि.एन.बी.
पोखरा २९, चैत

गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिमा खेलकुदले समेत सहयोग गर्ने भएको एक कार्यक्रमका वत्तहरुले बताएका छन्। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा शनिबार पोखरामा भएको छलफल कार्यक्रममा वत्ताहरुले प्रदेशको आर्थिक विकास र समृद्धिमा खेलकुदले समेत सहयोग गर्ने दाबी गरेका हुन्।

विकास र शान्तिको लागि अन्तराष्ट्रिय खेल दीवसको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशको समृद्धिको एउटा आधार खेलकुद पनि भएकोले यसलाई समेत प्रदेश सरकारले प्रथामिक दिएको बताए । खेलकुदले कुनै जात धर्म र कुनै विभेद नगर्ने हुँदा समान अधिकारीको लागि खेलकुद समाजमा आवश्यक भएको उनको भनाई थियो । प्रदेशको निती तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले प्रदेशको आर्थिक विकासमा पर्यटन, उद्योग, कृषि जस्तै खेलकुद पनि एक भएको दाबी गरे । सहारा एकेडेमीका बालक कमल सुमइ मगरले खेलकुदको कारण आज आफुहरु प्रतिष्ठित संस्था सहारा क्लवले संचालन गरेको एकेडेमीमा आबद्ध भई फुटवल सहित अध्ययन गर्न पाएको दाबी गरे ।

प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिभुवन विश्व बिद्यालयका विश्वकल्याण पराजुली, हिसान कास्कीका अध्यक्ष डा. रामजी प्रसाद शर्मा, ओलम्पियन डा. स्नेहा राना, नेपाल ओलम्पिक कमिटिका साइकोलोजी कमिटिका चेयर इन्द्र गुरुङ, मन्त्रालयका सचिव विनोद कुंवर लगायतले खेलकुद र विकासको बारेमा चर्चा गरेका थिए ।

अन्तराष्ट्रिय खेल दीवस अप्रिल ६ तारिखमा पर्छ यस दीवसलाई सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम हुदै आएकोे गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले बताए । खेलकुदले विश्वमा शान्ति र विकास गर्नमा महत्वपूर्ण भुमिका खेल्ने भएको उनले जनाए । कार्यक्रममा ३५ खेल भन्दा बढी खेलसंघका प्रतिनिधि, मन्त्रालयका पदाधिकारी सहितका सरोकारवाला निकायको सहभागिता रहेको परिषदले जनाएको छ ।

 

 

Related posts