ताजा खबर

पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिमला भण्डारी

चैत २६, पोखरा

यही चैत २५ गते नेपाल पत्रकार महासंघ कास्कीको सम्पन्न निर्वाचनबाट बिमला भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिचि निर्वाचित भएको छ । आगामी तीन बर्षीय कार्यकालको लागि ५३ मत अन्तरले पराजित गर्दै भण्डारी विजयी भएकी हुन्।

पत्रकार महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी हुन्। प्रेस संगठन र प्रेस यूनियको संयुक्त प्यानलबाट उमेदवारी दिएकी भण्डारीले १ सय ७४ मत ल्याउदै विजयी भएकी हुन्। प्रेस चौतारी सहितको केही संगठनको संयुक्त प्यानलबाट उमेदवारी दिएका केशवशरण लामिछानेले १ सय २१ मत ल्याएका थिए । भण्डारी यस अघि कास्कीको उपाध्यक्ष पदमा रहेकी थिइन भने लामिछाने पूर्व सदस्य हुन्। त्यसैगरी उपाध्यक्षमा रामप्रसाद तिमिल्सिनाले १ सय ७२ मत ल्याएर विजयी भएका छन् । उनले प्रेस चौतारीका अर्जुन गिरीलाई ५० मतान्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा जमुना शर्मा बर्षा (१ सय ५१) मत ल्याएर निर्वाचित भईन भने उनकी प्रतिद्धन्दी रविना आलेले ८ मत कम ल्याइन्।

त्यस्तै सचिवमा माधव बराल ले १ सय ५५ मत ल्याउदै विजयी भए भने उनका प्रतिष्प्रर्धी दीपक परियारले भने १ सउय ४१ मत ल्याएका थिए । सहसचिव समावेशीमा रेम बिक (१६८), सहसचिवमा श्रीराम सिग्देल (१७७),कोषाध्यक्षमा कृष्ण दवाडी (१७७),महिला सदस्यमा सपना अधिकारी (१४८), दलित सदस्यमा बिजय नेपाली (१५६),आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ (१५७),समावेशी सदस्यमा जैनव खातुन (१८३) र खुल्ला सदस्यमा कन्चन थापाले १३० मत पाएर विजयी भएका छन् । त्यसैगरी खुल्ला सदस्यमा गीताराना मगर (१२९), धनबहादुर गुरुङ (१५२), प्रभु अधिकारी (१२८), शिवराज बस्ताकोटी (१२८),सन्तोष बस्याल (१२४), सन्तोष सुवेदी (१२९), युवराज गुरुङ(१३१) र हरी पन्त (१३५) मत पाएर विजयी भएका छन् ।

त्यस्तै आदिवासी जनजाति तर्फको राष्ट्रिय परिषद् सदस्यमा राज बहादुर गुरुङले १६३ मत पाएर विजयी भएका छन् । त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा आरजु बिष्ट सल्यानी (१२६),कमल पौडेल अथक (१५०), गंगाधर पराजुली (१२६) र श्यामनाथ कुवरले १४२ मत पाएर विजयी भएका छन् । कास्कीमा ३ सय १२ मतदाता मध्ये ३०५ जनाले मतदान गरेका निर्वाचन कमिटिका संयोजक बद्रीविनोद प्रतिकले बताए । केन्द्रको निर्देशन अनुसार जिल्लाको पदस्थापना केही समय पछि हुने भएको महासंघले जनाएको छ ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *