ताजा खबर

१९ औं आहा राराको उपाधिको लागि संकटा र क्यामरुनको अफ्रिकन रुट एशोसियसन भिड्ने

डि.एन.बी.
पोखरा २६, चैत

पाहुना टोली अफ्रिकन रुट एशोसियसन, डाउला क्यामरुनसंग संकटा क्लवले १९ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि प्रतिष्प्रर्धा गर्ने भएका छन्।

पोखरा रंगशालामा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा अफ्रिकन रुट एशोसियसनले नेपालको विभागिय टोली नेपाल पुलिस क्लवलाई २—० को गोल अन्तरले पराजित गर्दै संकटासंग फाइनलमा यात्रा बनाएको हो ।

अफ्रिकन रुट एशोसियसनको जितमा बसेक र मौसाले एक एक गोलको योगदान दिए । खेलमा म्यान अफ दी म्याच घोषित भएका मौसाले ट्रफीको साथमा नगद ५ हजार पुरस्कार प्राप्त गरे । उनलाई राखेप सदस्य राजेश कुमार गुरुङ र खेलकुद परिषद, गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङले उक्त उपहार वितरण गरेका थिए ।

संकटा क्लवले बुधबारको खेलमा सशस्त्र प्रहरी वल एपिएफ क्लवलाई पराजित गर्दै फाइनलमा पहिलो पटक यात्रा बनाएको हो । आहा राराको इतिहासमा संकटा र अफ्रिकन रुटको टिम पहिलो पटक फाइनलमा पुगेका हुन्। प्रतियोगिताको विजेता टोलीले उपाधि सहित १० लाख १ हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । उपबिजेता हुने टोलीले ट्रफीको साथमा ५ लाख १ हजार रुपैया साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको
छ ।

सहारा एकेडेमीको अक्षयकोषमा सहयोग आउने क्रम जारी

सहारा क्लवले संचालन गरेको सहारा एकेडेमीको लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ । १९ औं आहा रारा गोल्ड कपको अवसरमा सहारा एकेडेमीको अक्षयकोषमा रकम आउने क्रम जारी रहेको क्लवले जनाएको छ ।


पछिल्लो समयमा सहारा यू.के.(एफ.सी.)का अध्यक्ष कृष्ण गुरुङबाट ५० हजार, सल्लाहकार दीलराज गुरुङबाट ५० हजार ९, सहारा यू.के.का उपाध्यक्ष क्या.कुसाङ गुरुङबाट ५४ हजार ८ सय ३०, सहारा यू.के.का अध्यक्ष कुमार गुरुङबाट ९ हजार रुपैया सयहोग प्राप्त भएको क्लवले उल्लेख गरेको छ ।
सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना वालकहरु रहेका छन्।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *