ताजा खबर

डिफेन्डिङ च्याम्पियन मनाङलाई पराजित गर्दै संकटा क्लव आहा राराको सेमिफाइनलमा

पोखरा २२, चैत

डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै सङ्कटा क्लब १९ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेश्रो क्वाटरफाइनल खेलमा मनाङलाई संकटाले १—० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

संकटाको जितमा विदेशी खेलाडी फोफोनाले खेलको ४४ र्औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । सुवास गुरुङको पासमा फोफोनाले उत्कृष्ट गोल गरेका हुन्। खेलको सुरुमा केही दबाबमा पारेको मनाङले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा आहा रारामा पाएको सफलताको साख यस बर्ष भने जोगाउन सकेन्।

मनाङका प्रक्षिशक सुमन श्रेष्ठले यसपाली आफुहरुले विना बिदेशी खेलाडीहरुको टोली ट्यालको रुपमा अगाडी बढाएकोले हार व्यहोर्नु परेको बताए । आफुहरुले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको उनले जनाए । संकटा क्लवका प्रशिक्षक शल्यान खड्गीले आफुहरुको टिम स्प्रिटका कारण जित भएको बताए । पाएका केही अवसरमा गुम्दा गोल अन्तर फराकिलो पार्न नसकिएको उनले जनाए ।

आहा रारामा हालसम्म १० पटक फाईनलमा यात्रा गरेको मनाङले दोश्रो, तेश्रो, १० औं, १४ र १५ र १८ औं संस्करणको उपाधि सहित ६ पटक विजेता भएको छ । यो सफलता आहा रारामा सर्वाधिक बढी उपाधि जित्ने टिमको रुपमा रहेको छ ।

भोलि (मंगलबार) अन्तिम क्वाटरफाइनल खेलमा थ्रि—स्टार क्लव बिरुद्ध विभागिय टोली नेपाल पुलिस क्लव बिच खेल हुने भएको छ ।

 

Related posts