डि.एन.बी.
पोखरा २२, चैत
आउँदो वैशाख एक गते पर्यटकीय नगरी पोखरामा मेयर साइकल दौड प्रतियोगिता हुने भएको छ । वातावरण जोगाऔं, स्वस्थ रहौं भन्ने मुल नाराका साथ पोखरा महानगरपालिकाले पहिलो पटक पोखरामा मेयर साइकल दौड प्रतियोगिता आयोजना गरिने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनाम जानकारी गराइएको हो ।
देश भरका ७ सय ५३ वटा स्थानिय तहमा पत्रकार भएकोले उत्त दौडमा करिब २ सय भन्दा बढीको सहभागिता हुने भएको पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताए । कोरोना शंक्रमण अझै नियन्त्रणमा नआएकोले कोरोनाबाट बच्न र बचाउन आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी उत्त कार्यक्रमको तयारी गरिएको मेयर जिसीले जनाए । वैशाख १ गते पोखरा महानगरपालिकाको कार्यालयबाट सुरु हुने उक्त ५ किलोमिटर साइकल दौडमा पोखराका विभिन्न भाग हुदै हल्लनचोकमा पुगेर समापन हुने भएको उनले जनाए । वातावरण संरक्षणमा साइकल उपयुत्त माध्यम भएको र विना इन्धनमा चल्ने र शारीरिक कसरत समेत हुने भएकोले साइकलको प्रबद्र्धन गर्न पनि उत्त कार्यक्रम आयोजना गर्न लागिएको मेयर जिसीले प्रष्ट पारे । उक्त कार्यक्रमले साइकल प्रबद्र्धन, वातावरण संरक्षणमा योगदान पुग्ने र पर्यटन प्रबद्र्धन हुने मेयर जिसीले विश्वास व्यत्त गरे । पोखरा महानगरले पोखरामा करिब ८४ किलोमिटर साइकल ट्रयाकको आवश्यक पूर्वाधार निर्माण गर्न लागेको उनले जनाए ।
कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघसंगको सहकार्यमा उक्त कार्यक्रम हुने भएको कार्यक्रम संयोजक पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले बताए । उनका अनुसार उक्त साइकल दौड प्रतियोगिताको अवसरमा साइकलीङका पदक धारी सहितका खेलाडीहरुलाई समेत संगै साइकल दौड प्रतियोगितासंगै साइकल ¥यालीमा सहभागि गराइने भएको छ । पोखरामा करिब ५० वटा स्थानमा साइकल स्ट्याण्ड निर्माण गरिने संयोजक लामाले जनाए ।
यसैबिच, वैशाख एक गते राष्ट्रिय मेयर सम्मेलन पोखरामै हुने भएको छ । स्थानिय निर्वाचन पश्चात स्थानीय सरकार प्रमुखहरु एकै ठाँउमा जम्मा भएर सरकार संचालकनको प्रक्रियामा सिकेका सिकाई अनुभव छलफल हुने भएको, अनुभव साटसाट, स्थानीय सरकार संचालन ऐनले पारेको सकरात्मक तथा नकरात्मक प्रभाव लगायतको बिषयमा छलफल हुने भएको मेयर जिसीले जनाए । समृद्ध नेपाल सुखी नेपाली को सपना साकार पार्न आगामी दिनमा के कस्ता रणनितीक योजना आवश्यक पर्छ त्यसको बारेमा समेत सम्मेलनमा बहस हुने भएको उनले जनाए । महानगरका शहरी योजना आयोगका सदस्य सरोज कोइरालाले पोखरामा १२ वटा वडाहरु जोड्ने गरी ८४ किलोमिटर साइकल ट्रयाक निर्माण गर्न लागि परेको बताए । मेयरका प्रेस संयोजक माधव बरालले उक्त कार्यक्रमको तयारी तिव्र पारिएको बताए ।