
पोखरा २३, चैत
अफ्रिकन रुट एशोसियसन, डाउला क्यामरुनको टोली १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोश्रो क्वाटरफाइनल खेलमा २—१ को गोल अन्तरले मछिन्द्र क्लवलाई पराजित गर्दै अफ्रिकन रुटको टोली अन्तिम चारमा स्थान बनाएको हो ।
अफ्रिकन रुट्सका मुसा र लुइक एन्जिनीले एक एक गोलको योगदान दिए भने मच्छिन्द्रका अभिषेक रिजालले एक गोल गरेका थिए । अफ्रिकन रुट्सले रुस्लान थ्रि स्टार र नेपाल पुलिस क्लव बिच चैत २४ गते हुने बिजेता टिमसंग यही चैत २६ गते सेमिफाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको छ ।
भोलि (सोमबार) संकटा क्लव बिरुद्ध मनाङ मस्र्याङदी क्लव बिच तेश्रो क्वाटरफाइन खेल हुने भएको आयोजक सहारा क्लवले जनाएको छ ।
स्मरणरहोस शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई १—० को गोल अन्तरले पराजित गर्दै विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफ क्लव समुह ए बाट सेमिफाइनलमा प्रबेस गरेको हो ।