पत्रकार महासंघ कास्कीको मुख्य गरी दुई प्यानलमा प्रतिष्पर्धा हुने

डि.एन.बी.
पोखरा २३, चैत

नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनको लागि कास्की शाखामा मुख्य गरी दुई प्यानलमा प्रतिष्प्रर्धा हुने भएको छ । प्रेस यूनियन, प्रेस संगठन, प्रेस चौतारिएको असन्तुष्ट समुह सहितको टोलीको तर्फबाट विमला भण्डारी र प्रेस चौतारी सहितको केही पत्रकारको संगठनबाट केशव शरण लामिछानेको अध्यक्षमा उमेदवारी परेको छ ।

भण्डारी महासंघ कास्कीका महिला उपाध्यक्ष हुन भने लामिछाने महासंघका पूर्व सदस्य हुन्। भण्डारीको समुहबाट उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा रविना आले, सचिवमा दीपक परियार, समावेसी सहसचिवमा रेम बिक, सहसचिवमा श्रीराम सिग्देल, कोषाध्यक्षमा कृष्ण दवाडीको उमेदवारी परेको छ । त्यसै गरी महिला सदस्यमा सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली, आदिवासि जनजाति सदस्यमा पदम श्रेष्ठ, अन्य सदस्यमा जैनव खातुनको उमेदवारी परेको छ । त्यस्तै खुल्ला ८ सदस्यका लागि धनबहादुर गुरुङ(सुमन), पुष्पराज दाहाल, भीम बहादुर थापा, शिवराज बस्ताकोटी, सन्तोस बस्याल, सन्दीप पौडेल, सन्तोस सुवेदी, श्रीभद्र पौडेल र हरि पन्तको उमेदवारी परेको छ ।

लामिछानेको समुहबाट उपाध्यक्षमा अर्जुन गिरी, महिला उपाध्यक्षमा जमुना शर्मा बर्षा, सचिवमा माधव बराल, समावेशी सहसचिवमा दिपक कुमार श्रेष्ठ, सहसचिवमा मानबहादुर घर्ती, कोषाध्यक्षमा एकराज गिरी, महिला सदस्यमा तारा चापागाई दुवे, दलित सदस्यमा शुरेश सुनार, आदिवासी जनजाति सदस्यमा खिमकुमारी गुरुङ, अन्य समावेसी सदस्यमा सुर्य बहादुर परियारको उमेदारी परेको छ । त्यस्तै अन्य सदस्यहरुमा उमा आले मगर, कन्चन थापा, कमल सुवेदी, गिता राना मगर, गौरव त्रिपाठी, प्रभु अधिकारी, विनिता सुनार (खातुन), भेषराज सुवेदी (जीवन), युवराज गुरुङ युनिसको उमेदवारी परेको छ ।

त्यस्तै स्वतन्त्र पत्रकार संघको तर्फबाट ४ जनाको उमेदवारी परेको छ । महासंघ कास्कीको सचिवमा असफल गौतम, कोषाध्यक्षमा ओम उपाध्याय, खुला सदस्यमा सुरेशराज अधिकारी र वीरेन्द्र सापकोटाले उम्मेदवारी दिएका हुन्। प्रेस चौतारिका असन्तुष्टि भएका रन्जन अधिकारीले उपाध्यक्षमा उमेदवारी दिएकाछन भने अन्य स्वतन्त्रबाट रोहितराज पराजुली, बिष्णु गौतमले उमेदवारी दिएका छन्। राष्ट्रिय परिषद सदस्यमा १४ जनाको र प्रदेश परिषद सदस्यमा २८ जनाको उमेदवारी परेको छ । राष्ट्रिय परिषदमा ७ र प्रदेश परिषदमा २१ जना निर्वाचित हुने भएका छन्। कास्कीमा ३ सय १२ जना मतदाता रहेका छन्।

Related posts