ताजा खबर

पर्यटन प्रबद्र्धन गर्न चितवनबाट मोटर ¥याली पोखरा हुदै मुक्तिनाथ यात्रामा

डि.एन.बी.
पोखरा २०, चैत

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न चितवनबाट पोखरा हुदै मोटर ¥याली मुुक्तिनाथ यात्रामा निस्केको छ । नेपाल अटो मोबाइल एसोसिएसन बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा २ दिने मोटर —यालीमा सहभागि एक टोली मुक्तिनाथ प्रस्थान गरेको छ ।

पर्यटन प्रबद्र्धन सहित मोटर खेलको विकास र सुरक्षित यात्राको जनचेतना फैलाउने उद्धेश्यका साथ पोखरा आएको टोलीलाई पोखरामा स्वागत गरिएको छ । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको समन्वयमा पोखराका पर्यंटन व्यवसायीहरुले समेत मोटर ¥यालीमा सहभागि टोलीलाई पोखराको जिरोकिलोमिटरमा स्वागत सहित सफल यात्राको कामना समेत गरेको नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीले बताए । चितवनबाट पोखरा हुदै मुत्तिनाथ मन्दिरसम्मको यात्रामा निस्केको टोलीलाई हौसला स्वरुप पोखरामा स्वागत सत्कार गरिएको उनले जनाए ।

नेपाल अटोमोबाइल एसोसिएसन बागमती प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक राजन पिया सहितको टोलीलाई प्रमुख भण्डारी सहित आन्तरिक पर्यटन पुनःउत्थान समिति गण्डकी प्रदेश संयोजक अग्नी कंडेल, टेसा पोखराका अध्यक्ष ना
ायण सापकोटा, पर्यटन व्यवसायी रामचन्द्र शर्मा लगायतले खादा लगायर स्वागत गरेका थिए ।
चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर ¥याली आयोजना गरिएको संयोजक पियाले बताए । चितवनको भरतपुररबाट सुरु भएको ¥याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुदै मुक्तिनाथसम्म पुग्ने भएको छ भने केही लोमान्थाङ सम्म जाने भएको संयोजक पियाले जनाए । ¥यालीमा २४ वटा सवारी साधनमा करिब १ सय जना सहभागी भएको आयोजकले जनाएको छ ।

चितवनको देउघाट देखि विश्व चर्चीत धार्मिक तिर्थ स्थल मुत्तिनाथ मन्दिरसम्म जोड्न पनि उक्त कार्यक्रमले थप टेवा पुग्ने उनले विश्वास व्यत्त गरे । उत्तः ¥यालीको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले शुभारम्भ गरेकी थिइन्। सन् २०२२ मा मुस्ताङको लेते माथि कालापानीमा अन्तराष्ट्रिय जिम खाना ( गाडी घुमाउने चलाउने) हुने भएकोले त्यसको पूर्व अवसरमा फिल्ड भिजिट समेत भएको पियाले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *