ताजा खबर

आयोजक सहारा क्लव र एपिएफ बिच उद्घाटन खेल हुने

डि.एन.बी.
पोखरा २०, चैत

पोखरामा भोलि (शनिबार) देखि संचालन हुने १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव र विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफ बिच हुने भएको छ ।
पोखरा रंगशालामा दिउँसो १ः०० बजे औपचारिक उद्घाटन भएसंगै उद्घाटन खेल हुने भएको क्लवले जनाएको छ ।

मकवानपुरको फापरवारीमा भएको खेलमा थ्रिस्टार संग अन्तिम १० मिनेटमा सम्हालिन नसक्दा २—० को हार व्यहोर्दै पोखरा आएको एपिएफले आयोजक सहारासंग जित्ने रणनितीका साथ खेल्ने भएको प्रशिक्षक कुमार थापाले बताए । लिगका हाइस्कोरर आसीस लामा, सागमा सहभागि राजीप लोप्सन, पूर्व राष्ट्रिय खेलाडी नविन लामा सहितको अनुभवी एवं युवा खेलाडीहरु आफुहरुसंग रहेको थापाले बताए । सहारा क्लवले पनि स्थानिय तथा अनुभवी खेलाडीहरु समेटेर तयारी गरेकोले उद्घाटन खेल जित्ने लक्ष्य राखेको प्रशिक्षक बिष्णु गुरुङले बताए ।

पोखराको सहारा क्लवको आयोजनामा चैत २८ गतेसम्म संचालन हुने उत्त प्रतियोगिताको उद्घाटन राखेप सदस्य सचिव रमेशकुमार शिलवालले गर्ने तय गरिएको क्लवले जनाएको छ । कोरोनाबाट बच्न र बचाउन आवश्यक स्वास्थ्य मापदण्ड पालना हुने गरी सुरुमा ५० प्रतिशत मात्र सिट क्षमताको आधारमा दर्शक सिट प्लानिङ गरिएको सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले एटुजेटलाई बताए ।
प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लव र आयोजक सहारा क्लव सहित ८ टोलीको सहभागिता हुने भएको छ । ्

प्रतियोगिताको विजेता टोलीले उपाधि सहित १० लाख १ हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । उपबिजेता हुने टोलीले ट्रफीको साथमा ५ लाख १ हजार रुपैया साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । गत वर्षको विजेता मनाङ्ग मर्यास्याङ्गदी क्लब हो भने उपविजेता नेपाल पुलिस क्लब रहेको थियो ।

“आत्मा साँक्षी राखि मन, वचन र र्ले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवले जनाएको छ ।

Related posts