ताजा खबर

पोखरा क्षेत्रको लागि फुटनका गाडीको आधिकारीक बिक्रेता ई.भि.रिदम मोटर्सलाई जिम्मा

डि.एन.बी.
पोखरा १८, चैत

फुटनका गाडीको पोखरामा आधिकारीक बिक्रि वितरण गर्ने जिम्मा ई.भि.रिदम मोटर्स प्रा.लि.ले लिएको छ । नेपालको आधिकारीक डिलर फुटन मोटर नेपालले ई.भि.रिदम मोटर्स प्रा.लि.सँग पोखराको लागि एक समारोहका बिच हालै सम्झौता गरेको हो ।

एमएडब्लु बृद्धि कमर्सियल भेकल प्रालिको तर्फबाट नेटवर्क डेभलपमेन्ट म्यानेजर सुवास फुयाल र ई.भि.रिदम मोटर्सको प्रा.लि.को तर्फबाट सञ्चालक दिपक शर्मा दुवै कम्पनीको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नेपालमा करिब ३ वर्ष अगाडिबाट विक्री वितरण सुरु गरेको फुटनले सरकारी तथा गैह्रसरकारी क्षेत्रमा आफ्नो स्वामित्व जमाइसकेको कम्पनीको दावी छ । फुटनका गाडीहरु नेपाल प्रहरी, नेपाली सेनाको भ्यान, माइक्रो, एम्बुलेन्स एवम् स्कुल सरकारी कार्यालयहरुमा समेत प्रयोग भई सकेको नेटवर्क डेभलपमेन्ट म्यानेजर सुवास फुयालले दाबी गरे । फुटनका गाडीमा फोल्डेवल सिट, प्रत्येक सिटमा इएलआरसी वेल्ट भएको, स्टाटिक सनरुफ सिस्टम, एमएडब्लु र बृद्धिको जोइनभेचर रहेको कम्पनीको दाबी छ । उत्त गाडी मर्मतसम्भारमा कम खर्चिलो, गाडीमा ३ वर्ष इन्जिन, गियरबक्सको वारेण्टी रहेकोे फुयालले जनाए ।

त्यसैगरी रिदम मोटर्सका सञ्चालक दिपक शर्माले काठमाण्डौंबाट विक्री वितरण गरेको फोर्टनका गाडीहरु गण्डकी प्रदेशमा पनि उच्च माग भएकोले पोखरालाई केन्द्रविन्दु बनाई आधिकारीक विक्रेता जिम्मा लिएको बताए ।
छिमेकी मुलुक भारत सहितका १४ देशमा उत्पादन हुने १ सय भन्दा बढी देशमा प्रयोगमा आएको फुटनका गाडीहरु पोखराबाट समेत बिक्रि वितरण गर्न सुरु गरिएको ई.भि.रिदम मोटर्सको प्रा.लि.का सञ्चालक दिपक शर्माले बताए । पोखरामा उत्त गाडीको आधिकारीक बिक्रेताको रुपमा जिम्मा लिएको ई.भि.रिदमले पोखराको बुद्धचोकबाट उत्त गाडीका ३ मोडलमा माइक्रो बस र दुई मोडलका पिकअप गाडीहरु उपलब्ध गराएको शर्माले जनाए ।

४९ लाख देखि ८५ लाख मुल्य बराबरका फुटनका टुनाल्ड एस, टुनाल्ड इ, भ्यू सिएसटुएल, भ्यू सिएस टु, एम्बुलेन्स लगायतका गाडीहरु उपलब्ध गराएको उनले जनाए । हाल पोखरामा उक्त गाडीहरु बिक्रि वितरण भएको अवसरमा केही समयको लागि हाल अग्रिम बुकिङ गर्नेलाई २ लाखसम्म छुट दिन सकिने भएको शर्माले जनाए । ८.५ प्रतिशतमा अधिकत्तम ७० प्रतिशतसम्म बैंक तथा वित्तिय संस्थाहरुले उत्त गाडी खरिदमा लगानी गर्ने वातावरण आफुहरुले मिलाउने भएको संचालक शर्माको भनाई थियो । नयाँ बर्षको अवसरमा बैशाखमा उत्त शोरुमको औपचारिक उद्घाटन गरिने भएको उनको भनाई छ ।

Related posts