ताजा खबर

देशभरका शिक्षणसंस्था चारदिन बन्द हुने

काठमाण्डौं, १६, चैत

देशभरका शिक्षणसंस्था चारदिन बन्द हुने भएका छन््। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था चैत २० गतेसम्म बन्द गर्ने निर्णय गरेसंगै ४ दिन शिक्षणसंस्था बन्द हुने भएका हुन्।

वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको शिक्षामन्त्री श्रेष्ठले बताए । लाखौ विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकुलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेकोे उनको भनाइ छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *