ताजा खबर

पोखराको फेवातालमा डुंगा सयर गर्नेहरुको भिड

डि.एन.बी.
पोखरा १५, चैत

पोखराको मुख्य पर्यटनको आकषर्ण रुपमा रहेको फेवातालमा डुंगा सयर
गर्नेहरुको भिड लागेको छ । कोरोना पछि सम्भवत सवै भन्दा बढी भिडभाड
शनिबार र आइतबार भएको डुंगा व्यवसायीहरु बताउछन् ।

शनिबार र आइतबार होली पर्वको अवसरमा फेवातालमा डुंगा सयर गराउन
आफुहरुलाई भ्याई नभ्याई भएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धि
बहादुर नेपालीले बताए । बर्षकै सवै भन्दा धेरै शनिबार र आइतबार पोखरामा डुंगा सयर गर्न आएको
उनले दाबी गरे । फेवातालमा डुंगा सयर गर्ने आन्तरिक पर्यटक एवं तालवराही
मन्दिरमा दर्शक गर्न जानेहरु दर्शनार्थीहरुको शनिबार र आइतार निकै चाप भएको
नेपालीले जनाए । पोखरामा करिब ३ सय जना डुंगा व्यवसायीहरु रहेकाछन् भने एक
सय ५० जना जसो अर्कोको मजदुरी गर्ने डुंगा चालक रहेकाछन्। अधिकाशं डुंगा
स्वरोजगार चालक छन्। फेवातालमा करिब ८ सय वटा डुंगा रहेको संगठनले
जनाएको छ ।

यसैबिच, शुक्रबार देखि शनिबार र आइतबार होली पर्व भएकोले बिदाको समयमा
नेपालका विभिन्न ठाँउबाट पोखरा क्षेत्रमा करिब एक बर्षकै सवै भन्दा धेरै
पर्यटक यस अवसरमा भित्रिएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर
भट्टराईले बताए । काठमाण्डौं, पूर्व र पश्चिम तथा चितवन लगायतका ठाँउबाट
स्कुल कलेज, सहकारी तथा विभिन्न संघ संस्थाको अध्ययन भ्रमण समेत यसै समयमा
भएकोले गर्दा पनि पोखरामा आन्तरिक पर्यटक छोटो समयको लागि ह्वात्तै बृद्धि
भएको अध्यक्ष भट्टराईले दाबी गरे । उनले भने “ कोरोना पछि दशैं तिहारको
अवसरमा करिब २०÷२५ प्रतिशत जसो आन्तरिक पर्यटक बृद्धि भएकोमा हाल होली
पर्वको अवसराम करिब साँढे दुई दिनको बिदा परेकोले गर्दा पनि यस पाली
करिब २५—३० प्रतिशत जसो आन्तरिक पर्यटक पोखरामा घुमघाममा आएका छन्। ”

कोरोनाले गर्दा हाल पर्यटन क्षेत्र निकै प्रभावित भएको गुनासो गरेका
भट्टराईले अब नेपालको पर्यटन क्षेत्रलाई दिगो रुपमा माथि उठाउन हप्ताको दुई
दिन शनिबार सहित आइतबार समेत बिदा दिनुपर्ने माग गरेका छन्। सरकारी
कर्मचारीलाई पे होलिडेको कार्यक्रम ल्याउने, आन्तरिक पर्यटकले पनि कम्तिमा
१० गन्तव्य घुम्दा केही सहुलियत तथा छुटको प्याकेज दिदा त्यसले आन्तरिक पर्यटन
प्रबद्र्धन हुने अध्यक्ष भट्टराईको भनाई रहेको छ । रंगहरुको पर्व होलीको
अवसरमा यस अघि पोखरामा घुमघामका साथ विदेशी पाहुनाहरुसंग रंगिदा होली
मनाएका पोखरेलीहरुले यसपाली प्रायः निकै कम सङख्यामा होली पर्व मनाएका छन्।
कोरोनाको शंक्रमण पुनः छिमेकी मुलुक भारतमा बढेसंगै नेपाल सरकारले
कोरोना शंक्रमणबाट बच्न र बचाउन सामुहिक रुपमा होली पर्व नमनाउन चेतावनी
नै दिएको थियो ।


यसपाली अन्य बर्षको होली जस्तो तामजाम निकै कम भएकोले गर्दा पोखरा सहित
कास्कीको होली पर्व शान्ति पूर्ण रुपमा मनाइएको कास्कीका प्रहरी प्रवत्ता
डि.एस.पी.सुवास हमालले बताए । उनका अनुसार एउटा मोटरसाइकलमा ३ जना सवार
हुने, उस्श्रृखल गतिविधि गर्ने अनावश्यक हो हल्ला गर्ने करिब २५ वटा मोटरसाइकल
एवं स्कुटर सहित चालकहरुलाई नियन्त्रणमा लिइएको छ । लेकसाइडका केही होटल
तथा रेष्टुरेण्टहरुमा बाहिरै आजाव आउने गरी गित बजायर नाचगाँन गरेको
हँुदा उनीहरु समेत बढी हो हल्ला नगर्न निर्देशन दिइएको उनले जनाए ।

यसैबिच पोखरा रंगशालामा खेलकुदकर्मीलाई सामुहिक रुपमा भेला गराई विभिन्न खेलकुद
कार्यक्रम सहित होली पर्व मनाईएको राखेपका सदस्य राजेश कुमार गुरुङले बताए
। 

 

Related posts