नारायण कुइकेल
पोखरा १३, चैत
होली पर्वको अवसरमा यही यहि चैत १५ गते आईतबार पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय खुल्ला विभिन्न रमाइलो खेलकुद कार्यक्रम हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को तत्वाधान र क्षेत्रीय र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा फागुपूर्णिमाको अवसरमा पोखरा रंगशालामा प्रदेश स्तरिय रमाइलो विविध खेलकुद कार्यक्रम हुने राखेप सदस्य राजेश कुमार गुरुङले बताए ।
गण्डकी प्रदेश स्तरिय खुल्ला ठेलो प्रतियोगिता, खुल्ला डोरी तान्ने प्रतियोगिता, म्यूजिकल चेयर, घैंटो फुटाउने प्रतियोगिता, बाँसको लिंगो चढ्ने लगायतका प्रतियोगिता आयोजना गरिने राखेप सदस्य गुरुङले जनाए । प्रतियोगितामा भाग लिन चाहने खेलाडीले चैत १४ गते अपराह्न ५ बजेसम्ममा नाम दर्ता गराइसक्नुपर्ने उनले जनाए ।
ठेलो प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजारसहित प्रमाण पत्र प्राप्त गर्ने क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । अन्य विभिन्न प्रतियोगितामा विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने भएको छ ।