ताजा खबर

शनिबार पोखरामा हुने १० किलोमिट दौडको सम्पूर्ण तयारी पुरा

पोखरा १३, चैत

पोखरामा भोलि (शनिबार) हुने १० किलोमिटर महिला तथा पुरुष सडक दौड प्रतियोगिताको तयारी पुरा भएको छ । भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार विहान हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पुरा भएको मञ्चका अध्यक्ष एवं गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङले बताए ।

१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत हुने उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ विभिन्न १७ जिल्लाका धावकहरुले नाम दर्ता गराएको मञ्चका द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङले बताए । उक्त दौड अन्तर्गत पुरुषतर्फ ४ सय ७५ जना र महिला तर्फ ८० जना प्रतियोगिहरुले नाम दर्ता गराएको उनले जनाए । दौडको शुभारम्भ तथा विजयी खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले अपर्ण गर्ने कार्यक्रम तय भइ सकेकोको मञ्चले जनाएको छ ।

उक्त दौड पोखरा रंगशालाबाट शुरु भई, पृथ्वीचोक, मेयर हर्कचोक, मुस्ताङचोक, शहिद चोक, हल्लनचोक, डिहिको पाटन, जरेवर, जिरो किमी, सृजना चोक, शभागृह चोक, न्यूरोड, विपी चोक हुँदै मानवअधिकार चोक (पोखरा ट्रेडमल) पुगेर समापन हुनेछ । दौडको रुटमा पर्ने सम्पूर्ण संघ संस्था तथा आमा समुहहरुलाइ सदाझैं सांस्कृतिक झाँकी र वाजागाजा सहित धावकहरुलाई स्वागत गरिदिन मञ्चले आह्वान गरेको छ । त्यसै गरी सवारी आवगमनका कारण धावकहरुलाई बाधा पग्ने भएकोले सम्पूर्ण यातायत व्यवसायीहरुलाई केही समयका लागि आफ्ना सवारी साधनहरु नचलाउन समेत आग्रह गरेको छ ।

विश्वभर कोभिड १९ का कारण सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दौड कार्यक्रम आयोजना गरिएको मञ्चका आजिवन सदस्य तथा स्वास्थ्य समितीका संयोजक सम्मर बहादुर श्रेष्ठले जनाएका छन । उनले भने–“हामी निकै सजग छौं र स्वास्थ्यका मापदण्ड अपनाएका छौं भने सहभागी खेलाडीहरुलाई समेत यसबारे सचेत गराएका छौं ।” स्वास्थ्य सचेतना सँगै खेलाडी तथा अन्य कार्यक्रममा सहभागीहरुलाई नेलम्वो नेपालले स्वास्थ्यका सामाग्री मास्क र सेनीटाइजरहरु समेत वितरण गर्ने तयारी भइरहेको संयोजक श्रेष्ठले बताए ।

प्रतियोगितामा विजयी महिला र पुरुषतर्फ प्रथम हुनेले समान नगद १५–१५ हजार, दोश्रोले १०–१० र तेश्रोले ७–७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरी दौडतर्फ ३०० जना धावकहरुलाई उनीहरुले दौड पुरा गरेको क्रमशंख्याको आधारमा मेडल प्रदान गरिने मञ्चका प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुलीले जनाएका छन ।

Related posts