ताजा खबर

भकुण्डेको शान्ता माविले सृजना कप भलिबल प्रतियोगिताको दोहोरो उपाधि हात पार्यो

डि.एन.बी.
पोखरा, १३ चैत

पोखरा १८ स्थित भकुण्डेको शान्ता माविले तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । पोखरा रंगशालामा रहेको भलिबल ट्रेनिङ सेन्टरमा श्ुक्रबार भएको छात्र तथा छात्रा तर्फको फाइनल खेलमा उपाधि जितेसंगै शान्ता माविले दोहोरो उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताको दोहोरो उपाधि जितेको शान्ता माविले छात्र तथा छात्रा तर्फ नगद ७०÷७० हजार साथमा ट्रफी मेडल प्रमाण—पत्र प्राप्त गरेको हो । छात्रा तर्फको फाइनल खेलमा शान्त माविले अम्मरसिंह माविलाई २५—२१, ११—२५, २५—२१ र २७—२५ को सेटमा पराजित गरेको हो । छात्र तर्फको फाइनल खेलमा भने शान्ता माविले कालिका माविलाई २५—१८, १६—२५, २५—२१ र २५—१९ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा छात्रा तर्फ जनप्रिय मावि र छात्र तर्फ भने मेश्रम वराह घान्द्रुक तेश्रो भएको छ । उपबिजेतालाई ३५÷३५ हजार र तृतीय हुने विद्यालयलाई २०÷२० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा छात्रा तर्फ शान्ता माविकी शुभा राई र छात्र तर्फ शान्ता माविकै जीवन सुनार उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनीहरुलाई जनही ५÷५ हजार पुरस्कार प्दान गरिएको हो । प्रतियोगितामा छात्रा तर्फ उत्कृष्ट सर्भरमा जनप्रियकी माविकी विपना पुन, उत्कृष्ट डिफेण्डरमा शान्ता माविकी गंगा गुरुङ, उत्कृष्ट सेटरमा शान्ताकै पूर्णिमा राई, उत्कृष्ट स्पाइकरमा अम्मरसिंहकी गंगा गुरुङ घोषित भए । त्यसै गरी प्रतियोगिताको छात्र तर्फ उत्कृष्ट व्लकरमा शान्ता माविका पुष्कर ठगुना, उत्कृष्ट डिफेण्डरमा मेश्रम वराह माविका निरज धमाल, उत्कृष्ट सेटरमा शान्ताकै विवेक सुनार, उत्कृष्ट स्पाइकरमा कालिका माविका मिलन विक घोषित भए । उनीहरुलाई जनही एक एक थान भलिवल उपहार प्रदान गरिएको थियो । छात्र तर्फका उत्कृष्ट स्पाइकर कालिका माविका मिलन विकलाई राखेप सदस्य राजेश कुमार गुरुङले नगद ५ हजार पुरस्कार प्रदान गरे । विजेता खेलाडीहरुलाई राखेप सदस्य राजेश कुमार गुरुङ, केन्द्रका अध्यक्ष इन्द्र प्रसाद पौडेल, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघी चैत १४ गते शनिबार फाइनल खेल हुने भनिएपनि कोरोना संक्रमण बढेपछि प्रशासनले खेलकुद लगायतका ईभेन्टहरु माथि प्रतिबन्ध लगाउन सक्ने आशंकामा एक दिन अघि नै प्रतियोगिता सम्पन्न गरेको सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले बताए । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा संचालन भएको प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ टिमले सहभागिता जनाएका थिए ।

Related posts