ताजा खबर

विद्यार्थीलाई पोशाक सहयोग

पोखरा, ९ चैत ।

पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोट निवासी गोविन्द गौतमले पोखरा–५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गर्नुभएको छ ।

विद्यालयबाट २०५० सालको एसएलसी परीक्षा उत्तिर्ण पूर्व विद्यार्थी समेत रहेका गौतमले विद्यालयका ७६ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराउनुभएको हो । पोशाक हस्तान्तरण कार्यक्रममा पोखरा–५ का वडा अध्यक्ष धनबहादुर नेपाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्रधानाध्यापक शिवप्रसाद भण्डारी, पूर्व विद्यार्थी सुनिल उलक, सुशिला केसी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहयोगदाता गोविन्द गौतमले आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल लगायतले विद्यार्थीका लागि पोशाक उपलब्ध गराउनु प्रशंसनीय कार्य भएको बताउनुभयो । विद्यालयका शिक्षक टंक सुवेदीले विद्यार्थीलाई पोशाक उपलध गराउनका लागि सहयोग दाता एवम् विद्यालय परिवारबीच समन्वयात्मक भूमिका निर्वाह गर्नुभएको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *