ताजा खबर

बाराही सहकारीको बार्षिकोत्सवमा बृद्धाश्रममा भोजन

समाचारकक्ष
पोखरा, ९ चैत

पोखरा १७, पार्दी बिरौटामा रहेको बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो बार्षिकोत्सवको अवसरमा बृद्धाश्रममा भोजन गराएको छ । संस्थाको २२ औं बार्षिकोत्सवको अवसरमा सोमबार पोखरा ३२ मा रहेको श्यामघाट लामे आहाल राधाकृष्ण बृद्धाश्रममा दिवा भोजन तथा फलफुल वितरण गरेको सहकारीका व्यबस्थापक नारायण पहारीले बताए ।

संस्थाले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत बृद्धाश्रममा भोजन गराएको उनले जनाए । उत्त बृद्धाश्रममा हाल ५५ जना बृद्ध बद्धा रहेको राधाकृष्ण बृद्धाश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगले बताए ।

२०५६ सालमा ५२ जना शेयर सदस्यबाट सुरु भएको उक्त संस्थामा हाल ७ सय भन्दा बढी शेयर सदस्य रहेका छन्।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *