
डि.एन.बी.
पोखरा ९, चैत
यही चैत १२ गते देखि पोखरामा संचालन हुने प्रथम खास्टे ताल महोत्सब २०७७ को ८० प्रतिशत तयारी पुरा भएको छ । लेखनाथ खास्टेताल महोत्सव जाऔं, प्रकृति र संस्कृतिमा रमाऔं भन्ने नाराका साथ आयोजना हुने उत्त महोत्सवको ८० प्रतिशत तयारी पुरा भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पोखराको खास्टे सहित न्यूरेनी र गुंदे तालको प्रबद्र्धन गरी स्थानिय उत्पादनको समेत प्रबद्र्धन गर्ने उद्धेश्यले यही चैत २२ गतेसम्म साविक पोखरा २६ स्थित खरानेफाँटमा उत्त महोत्सव हुने भएको महोत्सव संयोजक हरि प्रसाद अधिकारीले बताए । महोत्सवमा १ सय १० वटा विभिन्न व्यापारीक स्टलहरु रहने भएको उनले जनाए ।
उक्त महोत्सवमा करिब एक करोड मुल्य बराबरको कारोवार गर्ने लक्ष्य राखिएको छ भने महोत्सवमा खाद्य, लत्ता कपडा, फेन्सि, जुुत्ता चम्पल लगायतका एक सय वटा स्टल रहने भएको छ । महोत्सवमा स्थानिय जातका माछा र स्थानिय कृषि उत्पादन एवं ताल सम्बधि जानकारी गराउने स्टलहरु रहने भएको संयोजक अधिकारीले बताए ।
जनसङख्या तथा स्वास्थ्य मन्त्रालयले कोरोनाको कारण मेला, महोत्सव सभा, सम्मेलन, जमघट नगर्न गरेको निर्देशन पश्चात आफुहरुले स्थानिय प्रशासनको सहकार्यमा स्वास्थ्य मापदण्डका कुरालाई पालना गर्दै महोत्सव गर्ने भएको संयोजक बरालले जनाए । उनले भने “ हामीले पहिलो पटक गर्न लागेको यस महोत्सवमा हालसम्म करिब ८० प्रतिशत तयारी पुरा भएको छ, बिचमै यसलाई स्थगित गर्दा हामीलाई ठुलो आर्थिक भार पर्छ । ”
खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिको आयोजनामा संचालन हुने महोत्सव सम्पन्न गर्न ९७ लाख ५० हजार खर्च लाग्ने संयोजक अधिकारीले बताए । उत्त महोत्सवबाट ९८ लाख ५० हजार आम्दानी गरी एक लाख बचत गर्ने समितिले लक्ष्य राखेको संयोजक अधिकारीले जनाए । खरानीफाँटमा करिब ७ सय ३२ जना खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थामा आबद्ध भई सहकारी मोडलबाट ताल संरक्षण सहित माछा प्रबद्र्धन गर्दै आएको उनले जनाए ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नारायण प्रसाद वरालले खास्टे सहितका तीन तालको संरक्षण सहित तालको प्रचार प्रसार गर्न पनि महोत्सव आयोजना गर्न लागिएको बताए । तालहरुको हाल सिमाङकन सहितको काम भएकोले ताल दिगो रुपमा संरक्षण गर्न स्थानिय एक जुट भएको अध्यक्ष बरालले जनाए ।
कोरना भाईरसका कारण स्थानिय स्तरमा कुनै पनि मेला महोत्सव नभईरहेको अवस्थमा लेखनाथ महोत्सव कै झल्को मेटाउने र आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरि खास्टे तथा न्यूरेनीताल किराना खरानेफाँटमा खास्टेताल महोत्सव गर्न स्थानिय निकै जुर्रमुराएको नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बताए । उत्त महोत्सव गर्दा जलचर तथा वन्यजन्तू एवं चराचुरुङगीलाई सकभर असर नपर्ने गरी कार्यक्रम संचालन गर्न उनले आग्रह गरे ।
राष्ट्रिय संगितकर्मि संघ कास्की र खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाको सहकार्यमा हुन लागेको महोत्सवमा नेपालका चर्चित गायक ,गायिकाको प्रस्तुति समेत रहने भएको समितिका सचिव ईश्वरी प्रसाद अधिकारीले बताए । सुरताल एइभेन्ट प्रा.लि. र पोखरा महानगरपालिका १४ को व्यबस्थापनमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको प्रबद्र्धनमा उत्त महोत्सव हुने भएको मिडिया संयोजक भिमपाणि बरालले जनाए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले उत्त महोत्सवलाई सफल पार्न सहयोग गर्ने बताइन्।