ताजा खबर

नेलम्बो नेपालद्धारा देउराली आधारभूत विद्यालय धम्पुसलाई सहयोग

समाचारकक्ष
पोखरा ८, चैत

पोखरामा रहेको नेलम्बो नेपालले कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुसमा रहेको देउराली आधारभूत विद्यालयलाई कोभिड १९ सम्बन्धी स्वास्थ्य सुरक्षाका सामग्रीको साथमा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई शुद्ध पिउने पानीको लागि एक थान यूरोगार्ड सहयोग हस्तान्तरण गरेको हो ।

नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्यहरु गर्दै आईरहेको छ, भने विभिन्न विद्यालयमा स्वच्छ र शुद्ध खानेपानीको लागि पनि सहयोग पु¥याउँदै आई रहेकोछ । कोभिड १९ को विरुद्धमा सक्रिय रुपमा लागेको नेलम्बो नेपाल आफ्ना नियमित कार्यक्रमहरुमा पनि उत्तिकै सक्रिय रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राज भण्डारीको अध्यक्षतामा उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

प्रमुख अतिथि नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपाल सक्रिय सहभागितालाई सधै सम्मान गर्ने र आगामि दिनमा पनि यस विद्यालय तथा टोल विकास सँग साझेदारी गरि नयाँ कार्यक्रमहरु पनि गर्न सकिने पनि बताउनु भयो । उहाँले प्रदान गरिएको यूरोगायर्डको संरक्षण र सहि सदुपयोग गर्न पनि निर्देशन दिनु भयो ।

सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने, टोल विकास संस्थाका अध्यक्ष गोविन्द राज भण्डारी, र्सिजना टोलका अध्यक्ष रामचन्द्र भण्डारीले पनि आफ्ना भनाईहरु राख्नु भएको थियो । नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसन कोइरालाले कार्यक्रमको संक्षिप्त जानकारी दिनु भइको थियो उहाँले स्वास्थ्य सुरक्षाका सामग्रीहरु र युरोगार्ड गरि करिब रु ३२,६०० रुपैया वरावरको हस्तान्तरण गरिएको बताउनु भयो ।

उक्त सामग्रीहरु नेलम्बो नेपालका अध्यक्ष एक देव देव कोटाद्धारा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राज भण्डारीलाई हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रम नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले सञ्चालन गर्नु भएको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *