काठमाण्डौं, ८, चैत
मिछेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढ्न थालेसंगै नेपालमा पूर्व सचेतना अपनाउनको लागि सभा, सम्मेलन, गोष्ठी तथा जमघट नगर्न निर्देशन जारी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भएकोले सचेत रहन आग्रह गर्दै सभा, सम्मेलन, गोष्ठी तथा जमघट नगर्न निर्देशन जारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्धारा जारी गरिएको विज्ञप्तिमा नेपालमा समेत संक्रमण बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको हो । सामाजिक÷भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानि टाइजरको प्रयोग लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार बन्दा बढी शंक्रमण बढेको छ । अन्य देशमा पनि कोरोनाको शंक्रमण बढ्न थालेको छ । नेपालमा पनि दोश्रो चरणको कोरोना बिरुद्धको खोप समेत आएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मन्त्रालयको निर्देशन अनुसार स्थानिय रुपमा कास्कीमा कोरोना शंक्रमण नियन्त्रणमा लाग्ने बताए ।