ताजा खबर

पोखरामा पनि आयो डिडिसि

डि.एन.बी.
पोखरा ५, चैत

यस अघि पटक पटक पोखरामा दुग्ध विकास संस्थान (डिडिसि) ल्याउन खोज्दा केही निजी क्षेत्रले बिरोध गरेकोले डिडिसि पछि हटे पनि अन्ततः डिडिसिले आफ्नो शाखा पोखरामा विस्तार गरी छाडेको छ । पोखरेलीको माग अनुसार हाल डिडिसिको उत्पादन मात्र बिक्रि गर्ने उद्धेश्यले पोखरको सृजनाचोकमा शाखा विस्तार गरिएको डिडिसि पोखरा कार्यालयका प्रमुख हरीराम पौडेलले बताए ।

एक समारोहका बिच विहिबार गण्डकी प्रदेशको भूमि व्यवबस्थापन कृषि तथा सहकारी मन्त्रालयका सचिव सबनम सिवाकोटी(अर्याल), दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले संयुत्त रुपमा पोखराको सृजनाचोकमा रहेको शाखा कार्यालयको उद्घाटन गरेका हुन्।कार्यक्रममा बोल्दै उनीहरुले डिडिसिले आफ्नो ब्राण्डको सुाख जोगाउन पोखरेलीहरु माझ पनि गुणस्तरमा उत्तिकै चनाखो हुन आग्रह गरे ।

डिडिसिले उत्पादन गरेको दुध र दुध जन्य बस्तु पोखरामा पनि बिक्रि वितरण सुरु भएको प्रमुख पौडेलले जनाए । गण्डकी प्रदेशको राजधानि पोखरामा डिडिसिको उत्पादनत बिक्रि हुन सुरु भएसंगै डिडिसिको उत्पादन देशका ७ प्रदेशमा बिक्रि वितरण हुने गरेको उनले बताए । गण्डकी प्रदेश बाहेक अन्य प्रदेशमा डिडिसिले दुध संकलन र संकलित दुधबाट विभिन्न दुध जन्य खाद्य बस्तु निर्माण गरी बजारमा बिक्रि वितरण गर्दै आएको उनले जनाए ।

पोखरामा भने डिडिसिको उत्पादन अन्य प्रदेशबाट उत्पादन भएका बस्तुहरु मात्र हाल बिक्रि वितरण गरिने भएको प्रमुख पौडेलले एटुजेटलाई बताए । उनका अनुसार यदि स्थानियको माग भएमा डिडिसिले दुध संकलन र पोखरामा उद्योग स्थापना समेत गर्न सक्ने छ ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *