ताजा खबर

यही चैत ११ देखि १४ गतेसम्म पोखरामा बिद्यालय स्तरिय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने

डि.एन.बी.

पोखरा ५, चैत

पोखरामा यही चैत ११ देखि १४ गतेसम्म तेश्रो सिर्जना कप कास्की जिल्ला सामुदायिक बिद्यालय स्तरिय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । पोखराको सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघको आयोजनामा पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टरमा उत्त प्रतियोगिता हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगितामा करिब ५० टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको संघका अध्यक्ष भिम पराजुलीले बताए । लुकेर रहेका प्रतिभाको प्रतिभा उजागर हुने र यसबाट राम्रा खेलाडी उत्पादन हुने एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुने आफुहरुले विश्वास लिएको उनले जनाए ।

प्रतियोगिताका बिजेता छात्र तथा छात्राको टिमलाई जनही ७०÷७० हजार, उपबिजेतालाई जनही ३५÷३५ हजार र तेश्रो हुनेलाई २०÷२० हजारको साथमा शिल्ड, मेडलप्रमाण पत्र वितरण गरिने भएको पराजुलीले बताए । प्रतियोगितामा उत्कृष्ट हुने छात्र÷छात्रालाई जनही ५÷५ हजार प्रदान गरिने भएको केन्द्रका अध्यक्ष इन्द्र पौडेलले बताए । प्रतियोगिता सम्पन्न करिब १० लाख खर्च लाग्ने भएको उनले जनाए । नेपालको राष्ट्रिय खेल भलिवल भएकोले भलिवल खेलको प्रबद्र्धन गर्न केन्द्रले सहयोग गर्दै आएको अध्यक्ष पौडेलले जनाए । कक्षा १२ सम्मका बिद्यार्थीहरुले सहभागिता गराउन पाउने उत्त प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई छनौट गरी उनीहरुको खेल जीवनमा आवश्यक सहयोग गर्ने भएको संघले जनाएको छ।

पोखराको भलिवल ट्रेनिङ सेन्टरमा थप प्यारापिट आवश्यक परेकोले त्यसको लागि आवश्यक पहल गर्ने राखेप सदस्य राजेश गुरुङले बताए । गण्डकी प्रदेशको महिला भलिवलको टिम समेत तयार पार्न व्यत्तिगत रुपमा समेत सहयोग गर्ने उनले जनाए । केन्द्रले स्थापनाकाल देखि महिला बालबालिका, शिक्षा,स्वास्थ्य,खेलकुद लगायतको क्षेत्रमा काम गर्दै आएको केन्द्रका महासचिव चन्द्र गिरीले बताए ।

Related posts