ताजा खबर

बुधबार पोखरामा प्याराग्लाईडिङ संचालन नहुने

डि.एन.बी.
पोखरा ३, चैत

पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । काठमाण्डौं कालीजंग गणमा रहेका २३ बर्षीय नेपाली सेनाका जवान राजाराम मगरको प्याराग्लाईडिङ प्रशिक्षणको क्रममा सोमबार दुर्घटनामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्याराग्लाईडिङ प्रशिक्षणकै क्रममा सोमबार करिब २ः०० बजे तिर फेवातालमा डुब्न पुगेका मगरको सुरक्षाकर्मी सहितको रेस्क्यूटिमले उनको उद्धार गरी पोखरा ११ स्थित रानीपौवाको नेपाली सेनाको अस्पतालमा पु¥याए पनि उपचारको क्रममा साँझ करिव ५ः०० बजे उनको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए । धादिङ निलकण्ठका मगर पोखराको सराङकोटबाट उडान भरी फेवातालमा अवतरण गर्न खोज्दा प्राविधिक कारणशव उनको मृत्यु भएको हुन सक्ने स्थानियले बताएका छन्।

उनको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा पोष्टमाटम पश्चात नेपाली सेनाले उनका आफन्तलाई बुझाएको छ । उनका आफन्तहरु मंगलबार निकै भावुक हुदै प्रतिष्ठानमा पुगेका थिए ।

यसैबिच, नेपाल हवाई खेलकुद संस्था (ना) ले बुधबार पोखरामा व्यावसायीक तथा सोलो कुनै पनि प्याराग्लाईडिङ नहुने जनाएको छ । प्याराग्लाईडिङ सिक्ने क्रममा नेपाली सेनाका मगरको दुर्घटनामा परी असामयिक निधन भएको घटना प्रति गहिरो दुःख व्यत्त गर्दै नाले मृतक मगर प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेको छ । मृतक मगरको सम्मानमा बुधबार ना मा आबद्ध सवै प्याराग्लाइडिङ कम्पनी र प्याराग्लाईडिङ पाइलटहरुलाई व्यवसायीक तथा सोलो प्यराग्लाईडिङ उडान बन्द गर्न आव्हान गरिएको नाका महासचिव बलराम आचार्यद्धारा हस्ताक्षरित प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।

 

Related posts