ताजा खबर

शाइन रेशुङगा बैंकको ७७ शाखा पोखरामा

डि.एन.बी.
पोखरा ३, चैत

वुटवलमा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैैंक शाइन रेशुङगा डेभलपमेन्ट बैंकको ७७ औं शाखा पोखरामा स्थापना भएको छ । पोखरा न्यूरोडमा उक्त शाखा स्थापना भएसंगै आज (मंगलबार) देखि बैंकले आर्थिक कारोवार समेत सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वरी प्रसाद भट्टराईले उक्त शाखाको मंगलबार उद्घाटन गर्दै अब बैंकहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले समय अनुसार अब बैंक तथा वित्तिय क्षेत्रमा क्यासलेस बनाउन डिजिटल प्रविधिको अधिक रुपमा प्रयोग गर्नु पर्ने सुझाव दिए । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले गण्डकी प्रदेशको राजधानि पोखरामा सयौंको सङख्यामा बैंक तथा विक्तिय क्षेत्र भएको उल्लेख गर्दै बैंककिङ सेवा थप प्रभावकारी बनाउन सुझाव दिए ।

उत्त बैंकको शाखा संचालन भएसंगै पोखरामा उद्योग व्यवसायीमा बैंकले सहुलियत दरमा कर्जा लगानी गर्ने भएको पोखरा शाखा प्रबन्धक नवराज बरालले बताए । बैंकको चुक्ता पूूंजि ३ अर्ब ४० करोड रहेको छ भने जगेडा सहित करिब ४ अर्ब पूंजि पुगेको बैंकले जनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । बैंकको कुल निक्षेप ३३ अर्ब ५० करोड र कुल लगानी भने ३० अर्ब ५० करोड रहेको सिइओ पौडेलले जनाए । बैंकले विगत १३ बर्ष देखि नै उत्पादनशिल क्षेत्रमा बढी लगानी गर्दै आएको बैंकको दाबी छ । हाल बैंकमा ४ लाख ५० हजार ग्राहकहरु रहेकाछन्।

बैंकले देशका मुख्य शहरहरुलाई आर्थिक रुपमा जोड्दै, पोखरा जस्ता शहरमा पर्यटन र साना उद्योगलाई प्रबद्र्धन गर्न पोखरामा शाखा विस्तार गरिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले एटुजेटलाई बताए । उनका अनुसार बैंकले हाल करिब ८ देखि ११ प्रतिशतमा कर्जा(लगानी) गरेको छ ।

Related posts