
पोखरा २८, फागुन
नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा संचालित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारको अक्षयकोषमा बृद्धि भएको छ ।
कास्कीका प्रथम पत्रकार सिग्देलको परिबारको तर्फबाट छोरी जगदम्बिका घिमिरेले उक्त थप रकम रु.३ लाख महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्त्रण गर्नुभएको हो ।
पुरस्कार अक्षयकोषको लागि हालसम्म २ लाख र आज ३ लाख थप गरि जम्मा ५ लाख पुगेको र उक्त कोषको ब्याजबाट प्रतेक बर्ष एकजना पत्रकारलाई सम्मान अर्पण गरिने महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले स्व. सि
ेलप्रति हार्दीक समबेदना अर्पण गर्नुभयो र यी सबै प्रकारका आर्थिक सहयोग तथा शुभेक्षाको लागि हार्दीक आभार प्रकट गदै आगामि दिनमा पनि आत्मियता, शुभेक्षा तथा निरन्तर सहयोगको कामना गर्नु भयो ।
कार्यक्रममा महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतिक, महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र सिग्देल परिवारको तर्फबाट छोरी जगदम्बीका घिमिरेले बोल्नुभएको थियो ।