ताजा खबर

अनलाइन पत्रकार संघ गण्डकीको नयाँ कार्यसमिति चयन

समाचारकक्ष
पोखरा २८, फाल्गुन

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको नयाँ कार्य समिति चयन भएको छ । संघको आज (शुक्रबार) पोखरामा सम्पन्न भएको प्रथम अधिवेसनले कमल सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सुवेदी गन्थन डटकमका प्रबन्ध निर्देशक हुन्। संघको उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे चयन भएका छन् । यस्तै गरी संघको सदस्यहरुमा सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, राजु गिरी तथा अर्जुन थापा रहेका छनु । उनीहरु सर्वसम्वत रुपमा चयन भएका हुन्। निवर्तमान अध्यक्षमा ढाकामोहन बराल (गणेश) रहेका छन्।

यस अघि उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अलनलाइन पत्रकारितामा अझै धेरै समस्या रहेकोले त्यसको अन्त्य गर्नु पर्ने बताए । अनलाइन पत्रकारितामा ठुलो लगानी गरी देशकै चर्चीत पत्रकारहरुले रोजगार प्राप्त गर्न सफल भएको उनले बताए । पत्रकार सदस्य विवादले गर्दा पत्रकार महासंघको निर्वाचन वैशाख भित्रमा हुने तयारी भएको अध्यक्ष श्रेष्ठले जनाए ।

संघका अध्यक्ष ढाकामोहन बराल (गणेश) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, संघका सल्लाहकार रामजी प्रसाल लम्साल, प्र्रेस संगठन कास्कीका अर्जुन गिरी, प्रेस यूनियन कास्कीका नविन सिग्देल, सदस्य नरहरी पौडेल लगायतले अनलाइनलाई विश्वासिलो र व्यवसायीक बनाउदै लैजानु पर्नेमा जोड दिएका थिए ।

Related posts