शुक्रबार पोखरामा हुने विमल शेरचन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगितामा २२ टिम सहभागि हुने

डि.एन.बी.
पोखरा २७, फागुन

प्रथम विमल शेरचन स्मृति नेपाल थकाली पुरुष डबल्स् खुल्ला व्याडमिन्टन प्रतियोगिता भोलि(शुक्रबार) पोखरामा हुने भएको छ । थकाली सेवा समिति पोखरा थासाङ युवा परिवारको थकाली युथ व्याडमिन्टन ग्रुपको आयोजनामा शुक्रबार पोखरा स्पोर्टस र व्याडमिन्टन क्लव सिरमुर हल मुस्ताङ चोक, पोखरामा उत्त प्रतियोगिता हुने भएको ग्रुपका सचिव एवं प्रतियोगिता संयोजक श्याम शेरचन (सोल्टी) ले बताए ।

प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, वुटवल, वेनी, बुर्तीवाङ, मुस्ताङ लगायतबाट २२ टिमको सहभागिता हुने भएको संयोजक सोल्टीले बताए । प्रतियोगिताका विजेता टोलीलाई ३० हजार उपविजेतालाई २० हजार र तेश्रो हुने दुवै टोलीलाई जनही १०÷१० हजारको साटमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको ग्रुपका अध्यक्ष असोक शेरचनले बताए ।

पोखराको ड्यामसाइड स्थित होटल मनोलिसाका संचालक एवं सामाजिक व्यत्तित्व थकाली समुदायको हकहितमा लामो समय देखि लाग्दै आएका विमल शेरचनको स्मृतिमा उत्त प्रतियोगिता पहिलो पटक हुन लागेको अध्यक्ष शेरचनले जनाए । विमलका छोरा विजय शेरचनले उत्त प्रतियोगिताको लागि ५१ हजार रुपैया आर्थिक सहयोग गरेको ग्रुपले जनाएको छ ।

 

Related posts