ताजा खबर

पोखरामा पनि शिवरात्री मनाइयो

डि.एन.बी.
पोखरा २७, फागुन

गण्डकी प्रदेशका भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले विश्व शान्तिको लागि नैतिक तथा आध्यात्मिक शिक्षा आवश्यक भएको बताएका छन्। पोखराको नयाँबजारमा रहेको ब्रह्मकुमारी इश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले शिव रात्रि पर्वको अवसरमा विहिबार पोखरामा आयोजना गरेको ८५ औं महाशिवरात्री महोत्सव शिवध्वजारोहण एवं शान्ति शोभा यात्रा तथा स्नेह मिलन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले विश्व शान्तिको लागि आधुनिक शिक्षाको साथमा नैतिक तथा आध्यात्मिक शिक्षा आवश्यक भएको बताएका हुन्।

उनले भने “ विभिन्न किसिमले मानवले जीवनलाई वेतीत गरेका छन, आध्यात्मिक शिक्षा मानव विश्व शान्तिको निम्ति आवश्यक छ, मानसिक रुपमा स्वच्छ रहन भौतिक शान्ति सहित सांस्कृतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक शान्तिको आवश्यक पर्छ । ” भौतिक शिक्षालाई आधुनिक ढंगले समेत प्रमाणित गर्नुपर्ने उनको धारणा रहेको छ । ओम शान्तिले समाजमा रहेका सवै समुदायलाई एकै थलोमा परिवारको रुपमा व्यवहार गर्ने गरेकोमा मन्त्री मगरले पं्रशम्सा गरे । उत्त कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका सांसद मीना गुरुङले ओम शान्तिको निर्माण हुदै गरेको बहुउद्देश्य भवनको लागि ५१ हजार रुपैया आर्थिक सहयोग गरेकी छन्। उत्त रकम बराबरको चेक केन्द्रका निर्देशक राजयोगिनी ब्रह्कुमारी परिणीता दिदीलाई सांसद गुरुङले हस्तान्तरण गरेकी हुन्।

 

उत्त कार्यक्रममा केन्द्र नयाँ बजारकी प्रमुख शोभा दिदी, केन्द्रका ब्रह्मकुमार शैलेसराज बराल लगायतले शान्तिको लागि आध्यात्मिक दर्शन आवश्यक भएकोमा जोड दिए । पोखराको नयाँबजार देखि सुरु भएको शोभा यात्रा महेन्द्रपुल हुदै नयाँबजारमा पुगेर समापन भएको थियो । शिव लिङग् सहित विभिन्न झाकी समेत शोभा यात्रामा प्रर्दशन गरिएको थियो ।

५ तले उक्त भवन निर्माणको काम सुरु भएको ब्रह्मकुमार शिशिर रेग्मीले बताए । १ सय सिट क्षेमताको आवासिय सहितको भवन, १ हजार सिट क्षमताको सभाहल सहितको उत्त बहुउद्देश्य भवन निर्माण हुन लागेको उनले जनाए । २१ करोडको परियोजना २ बर्षमा सकिने गरी लक्ष्य राखेकोमा हालसम्म करिब १५ प्रतिशत जसो मात्र रकम संकलन भएको केन्द्रले जनाएको छ । पोखरा ११ फुलवारीमा करिब साँढे ३ रोपनी जग्गामा उक्त भवन निर्माणको काम सुरु भएको हो । उत्त भवन निर्माणको क्रममा सहयोग उठ्नेमा आफुहरु विशोस्त रहेको रेग्मीले बताए । केही गोप्य दान समेत प्राप्त हुने भएको बताइन्छ ।

यसैबिच विहिबार पोखरा क्षेत्रका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको विहानै देखि दुध चढाउने देखि पूजाआज गर्नेहरुको भिड नै लागेको थियो । शिवका भत्तहरुले यस बर्षको शिवरात्री पर्व धुमधुमसंग बनाए भने विहिबार साँझ देखि बेलुकासम्म चौतारामा तथा शिव मन्दिर नजिक शिव धुनी लगाउने प्रचलन रहेको छ । यस बर्ष पनि पोखरामा करिब एक करोड भन्दा बढी उखु भित्रिएको व्यवसायीहरु बताउछन्। शिव धुनी लगाउने र उखु पट्काउने समेत गर्दै आएको पाइन्छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *