ताजा खबर

छोराको जन्मोत्सवमा सहारा क्लबलाई सहयोग

पोखरा, २६ फागुन–

सहारा क्लव हङकङका आजीवन सदस्य, संगम क्लव, एल.जी. एशोसियसन पोखराका सल्लाहकार हाल युके निवासी राजेन्द्र गुरुङले आफ्नो छोराको जन्मोत्सवको अवसरमा सहारा एकेडेमी सहित १९ औं संस्करणको आहा रारा गोल्ड कपको लागि सहयोग गरेका छन् ।

राजेन्द्रका छोरा रेगन गुरुङको १० औ जन्मोत्सवको अवसरमा सहारा एकेडेमीमा सामुहिक भोजन सहित आहा रारा गोल्डकपका लागि नगद ३० हजार रुपैँया सहयोग गरेका हुन । क्लवका अध्यक्ष केशव बहादुर थापालाई क्लवका सल्लाहकार सुनिल गुरुङ सहितको टोलीले उक्त रकम सहयोग हस्तान्तरण गरेको महासचिव रामजी प्रसाद अधिकारीले बताए । कार्यक्रममा अर्थ समितिका सदस्य ओम बस्नेत, संगम क्लवका प्रकाश गुरुङ लगायतको सहभागिता रहेको थियो ।

खेलकुद प्रेमी गुरुङले निरन्तर सहारा क्लब पोखरा एवम् एकेडेमीलाई सहयोग गर्दै आइरहेका छन् । गुरुङले आफ्ना दाई तुलसी गुरुङका छोरा प्रशान्त गुरुङ मार्फत सहारा एकेडेमीमा छोराको जन्मोत्सव मनाएका हुन् ।

Related posts