ताजा खबर

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेटको उपाधीका जनकपुरलाई

फागुण २६, पोखरा

के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न अन्तर क्लव टी–२० क्रिकेट लिगको उपाधीका जनकपुर क्रिकेट क्लवले जितेको छ । बुधबार भएको फाइनल खेलमा चितवन क्रिकेट क्लवमाथि ५ विकेटको जित निकाल्दै जनकपुरले सो उपाधीमा आफ्नों नाम लेखाएको हो ।

पहिला व्याटिङ्ग गरेको चितवनले राम्रो प्रदर्शन गर्न सकेन । उसले मात्रै ७२ रनको योगफल तयार पार्दा रोविन शर्माले १५ तथा संघर्ष पौडेलले १२ रनको पारी खेल्न सके । अन्य व्याट्स्म्याले प्रदर्शनिय खेल देखाउन सकेनन् । जनकपुरका बलरहरु रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान २÷२ विकेट बाँडे ।

जितका लागि ७३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेटको नोक्सानीमा विजयी लक्ष्य प्राप्त ग¥यो । जनकपुरका अक्वर अलिले अभिजित ३२ तथा शोभाकान्त पाण्डेले १५ रन बनाए । चितवनको बलिङ्गमा संघर्ष पौडेलले ३ विकेट लिए ।

प्रतियोगितामा जनकपुरका राहुल प्रताप सिंह सर्वोत्कृष्ट खेलाडी, जनकपुरकै शोभाकान्त शोभाकान्त पाण्डे उत्कृष्ट बलर तथा चितवनका साकार ढकाल उत्कृष्ट व्याट्स्म्यान भए । जितसंगै जनकपुरले नगद ५० हजार सहित ट्रफि प्राप्त ग¥यो भने चितवनले ट्रफि पुरस्कार प्राप्त ग¥यो ।

विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अली, नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतम, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सचिव दिपेन्द्र चन्द लगायतले पुरस्कार वितरण गरे । आयोजक के.एन.स्पोर्टसका संचालक कमल थापाको अध्यक्षतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो ।

Related posts