डि.एन.बी.
पोखरा २६, फागुन
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले साविक माओबादी केन्द्रले नेकपा एमाले माथि बलत्कार गरेको आरोप लगाएका छन्। पोखरा महानगरपालिकाको ५ औं स्थापना दीवसको अवसरमा बुधबार पोखरामा आयोजित समारोहमा बोेल्दै मुख्यमन्त्री गुरुङले आफ्नो छुट्टै बिषेशता भएको एमाले एकिकरण हुनु ठुलो घात भएको उल्लेख गर्दै माओबादीबाट एमाले बलत्कृत हुनु परेको दाबी गरेका हुन्।
सवै भन्दा लोकतान्त्रिक पार्टी एमाले भएको दाबी गर्दै मुख्यमन्त्री गुरुङले पार्टी एकिकरण गर्दा एमाले वलत्कृत हुनु परेको जनाउदै अब सर्वोच्च अदालतको फैसलाले पूर्ववत पार्टीहरु व्यूतिएकोले एमाले अब वलत्कृत हुनबाट बच्ने जनाए । उनले भने “ कम्युनिष्ट पार्टी भए पनि सवै भन्दा धेरै सैद्धान्तिक ढंगले लोकतान्त्रिक पार्टी एमाले हो, एमाले भित्र लोकतान्त्रिक जुन आचरण थियो, आफ्नो मौलिकता, आफ्नो भर्जिनिटी तर पार्टी एकता हुदा एमाले वलत्कृत हुनु पर्यो ।” नेकपा एमालेले संसारका कम्युनिष्टहरुलाई संस्कार सिकाई राखेको दाबी गरेका मुख्यमन्त्री गुरुङले सर्वोच्चको अन्तिम फैसलाले पुराना पार्टी पूर्ववत रुपमा व्यूतियकोले एमाले अब वलत्कृत हुनबाट बचेको जनाए । दुई पार्टीहरु भौतिक रुपमा एकता भए पनि वैचारिक रुपमा एकता हुन नसकेको हुदा हाल पार्टीमा बिबाद उत्पन्नद भएको उनको दाबी थियो । गलत सम्झौताबाट एमाले हाल मुत्त भएको उनले बताए ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले महानगरको आर्थिक विकास र समृद्धिमा आफुहरु कटिवद्ध भएर लागेको बताए । पोखरा महानगरका उपमेयर मन्जुदेवि ग्ुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कागेंस सचेतक एवं पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने, महानगरका सचेतक पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेल, प्रवत्ता एवं पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, महानगरका प्रमुख प्रशासक महेश बराल, कर्मचारीका नेता शिव बराल, अमिर भण्डारी लगायतले पोखरा आधुनिक र प्रविधि मैत्रि बनाउन सवैको साथ र सयहोग आवश्यक भएकोमा जोड दिए ।
यस अघि पोखरा महानगरपालिका कार्यालय अघि बाट सुरु भएको प्रभातफेरी कार्यक्रम न्यूरोड, सभागृहचोक, पृथ्बीचोक हुदै पोखरा सभागृहमा पुगेर समारोहमा परिणत भएको थियो ।
विहान करिब ८ः०० बजे सुरु गर्ने भनिएको प्रभाव फेरी करिब ३० मिनेट ढिलो सुरु भएको थियो भने उत्त कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निमन्त्रणा गरेकोले उहाँको प्रतिक्षामा सभागृह हल बाहिर करिब एक घण्टा र सभागृह हल भित्र राइझुमा .. लगायतका गितमा मेयर जिसी सहितका अतिथी एवं वडा अध्यक्ष एवं कर्मचारीहरु नाच्न व्यवस्त भएका थिए ।
मुख्यमन्त्री ग्ुरुङ करिब ११ः३० बजे कार्यक्रम स्थलमा आएका थिए । महानगरले बुधबार शिक्षा र स्वास्थ्य बाहेक अन्य सेवाको लागि सार्वजनिक विदा दिएको थियो ।