
डि.एन.बी.
पोखरा २५, फागुन
वक्सिङका पूर्व राष्ट्रिय खेलाडी, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पुर्व निर्देशक, कास्की जिल्ला हाइस हक्कि संघका अध्यक्ष, वक्सिङ संघका सल्लाहकार विद्या मर्सानीलाई पितृ शोक परेको छ ।
उहाँका पिता दया प्रसाद मर्सानीको ८८ वर्षको उमेरमा सोमवार राती ११ः३० बजे फिस्टेल अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
उहाँ उच्च रक्तचाप, मधुमेह लगायत विभिन्न रोगबाट पिडित रहनुभएको थियो । उहाँको मंगलबार पोखराको तुल्सीघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँका श्रीमती, ४ छोरा र १ छोरी रहेका छन् ।